बेली सार्वजनिक ,(खसखस डट कम )
कथाकार नीलम कार्की निहारिकाको नविनतम कथा संग्रह 'बेली' काठमान्डौमा हालै विमोचन भयो | उक्त संग्रहको बिमोचन बुक फेस्टिभलको अवसरमा आख्यानकार मदनमणि दिक्षितले गर्नु भएको हो |
सो अवसरमा समालोचक डा. गोविन्दराज भट्टराईले कृति माथि बोल्दै भन्नु भयो -नेपाली साहित्यको यो एक महत्वपूर्ण इतिहास हो | बाल कथामात्र पर्याप्त छैन ,बाल बालिकाको उत्थानकोलागि बाल बालिका सम्बन्धित कथा लेखिन जरुरी छ | यो विषयको सिंगो कृति लेखेर निहारिकाले एक ऐतिहासिक काम गरेकी छन् | यो अगाडी कथाको संगालोमा एक दुई कथा समाबेश हुने भएको भएता पनि यो पहिलो पटक एकै संगालोमा बाल-बालिकाले मात्र स्थान पाएको सँगालो हो |
डा. मदन मणि दिक्षितले भन्नु भयो-कथाकार मनु ब्राजाकीले किताब माथि न्याय गरि भुमिका लेख्नु भएको छ | निहारिकाका स-साना वाक्य गठन र लेखन शैलीदेखि आफु धेरै नै प्रभाबित भएको कुरा ब्यक्त गर्नु भयो | बेली रत्न पुस्तक भण्डार ले प्रकाशनमा ल्याएको हो | सो संग्रहमा १८ वटा बाल मनो वैज्ञानिक कथाहरु जन्मन नपाएका नानीहरु, खोटी खुसि, सेतो भात, राजमार्ग छेउका भुराहरु, उखुबारी, बोडर साईडको बब्लु, धर्म छोरा, जेल मान्छे, बेली, भाग्यमानी, हिजो आज काठमाडौंमा, चप्पल छिनेर के भो र ?, बृतचित्र, तेस्रो प्रश्न, नसुनेको नाम, कागजमा दस्तखत, बनिता र बुद्ध बिर तामाङ जस्ता कथाहरु संग्रहित छन् |
यस्तै राजधानीमा नै "बेली" माथि अन्तरक्रिया पनि सम्पन्न भएको छ | उक्त अन्तरक्रियामा प्रमुख अतिथि तुलसी दिवस, सभापति तोया गुरुङ, अथितिहरु -डा खगेन्द्र लुईटेल, डा लक्ष्मण गौतम, नगेन्द्र शर्मा, ज्ञानु वाकर पौडेल, लिला लुईटेल, भाउपन्थी आदी हुनुहुन्थ्यो | कबि तुलसी दिवसले बेलीमा खोट लाउने ठाउँ नरहेको बताउनु भयो | उहाले भन्नु भयो- पढदै जाँदा यति संवेदनशील बनाउँछ कि अगाडी जान गारो पर्छ | यसरी छुनु कलमको सफलता हो | कृतिका सम्पादक बिमल भौकाजीले बेलीले नेपाली समाज र साहित्यमा महत्वपूर्ण योगदान दिने कुरामा आफु दुक्क भएको बताउनु भयो | अन्तरक्रिया कार्यकम शारदा मासिकले आयोजना गरेको हो | स्वागत स्वयम कथाकारले गर्नु भएको थियो भने धन्यबाद ज्ञापन अनेसास नेपाल चेप्टरका अध्यक्ष राधेश्याम लेकालीले गर्नु भएको थियो |
Comments
Deepak Khadka
"युद्धकालका साहित्य केवल प्रचारसाहित्य वा समाचार प्रयोजनका सतही रिपोर्ट मात्र हुनसक्छन् । गहिराई र तथ्यको निम्ति सामरिक संवेदनशिलता कम भईसकेको समय नै उपयुक्त हुन्छ ।
युद्धसंग सम्बन्धित सामाग्रीका केही “सतही साहित्य” बाहिर आएका छन् (र तीनले राष्ट्रिय पुरस्कारहरु पनि प्राप्त गरिसकेका छन् !!) । अबको समय हो “गहिरो साहित्य” को । र यो कथालाई मैले उत्साहजनक शुरुवात मानेको छु । तपाईलाई मेरो बधाई र प्रशंसा छ, प्रकाशजी !"