हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

क्यालिफोर्नियामा प्रेरणाको एकल कविता वाचन सम्पन्न,(बासु ढकाल )

कार्यक्रम संयोजक –बासु ढकाल

३ अक्टोवर, वर्कली, क्यालिफोर्निया
साहित्य संजाल अमेरिका, विश्व नेपाली साहित्य महासंघ तथा अनेसास क्यालिफोर्नियाको संयुक्त आयोजनामा नेपाली साहित्यका वहुमुखी प्रतिभा गोविन्द गिरी प्रेरणाको एकल कविता वाचन यहाँस्थित हिमालयन फ्लेभोर रेष्टुँरामा सम्पन्न भयो ।

सो समारोहमा कवि प्रेरणाले एक दर्जन भन्दा वढी कविताहरु वाचन गर्नुका साथै आफ्नो काव्ययात्रा तथा लेखनको विषयमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको शुरुमा कवि प्रेरणाको विषयमा कवि हरिहर दाहालले मन्तव्य राख्नु भएको थियो भने गणेश तिम्सिनाले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
कवि प्रेरणाको एकल कविता वाचन अघि स्थानिय तथा अन्य कवि कवयित्रीहरु हरिहर दाहाल, विष्णु गुरुँग, गणेश तिम्सिना, मणि नेपाली पनेरु, राजेन्द्र खनाल तथा विमला शर्माले कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा कवि प्रेरणालाई आयोजकका तर्फवाट कार्यक्रमका सभापति न्यान्सका अध्यक्ष घनप्रसाद दवाडीले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
यस अघि गत अगस्तमा एटलाण्टामा कवि प्रेरणाको एकल कविता वाचन सम्पन्न भएको थियो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |