हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ओटावामा लक्ष्मी जयन्ती ,(गोविन्द दाहाल )

अटावा,२०६८ कार्तिक १९ गते, शनिबार अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अटावा च्याप्टरको आयोजनामा १०२औँ लक्ष्मी जयन्ती एक साहित्यिक  कार्यक्रमको साथ मनाइयो। अटावा स्थित नेपाली क्यानेडियन एसोसियसनद्वारा सन्चालित नेपाली भाषा स्कूलमा शिक्षक, विद्यार्थी र अन्य साहित्यप्रेमीहरुको सहभागिता रहेको उक्त कार्यक्रम अनेसास अटावा च्याप्टरका अध्यक्ष गोविन्द दाहालको सभापतित्व र महामहिम राजदूत तथा साहित्यकार  भोजराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख आतिथि घिमिरेद्वारा महाकवी लक्ष्मीप्रसाद देवकोटाको फोटोमा माल्यार्पण तथा दीप प्रज्वलन गरी  कार्यक्रमको उदघाटन गरिएको थियो ।
कार्यक्रमको सुरुवातमा नेपाली भाषा विद्यालयका बिद्यार्थीहरुले नेपाली राष्ट्रिय गान गाएका थिए। भरत श्रेष्ठको स्वागत पछि बाबुराम सेढाईले महाकविको जीवनी र उनका साहित्यिक कृतीहरुबारे प्रकाश पार्नु भएको थियो। गायक टिकाराम नेपालीले सुरेन्द्र उप्रेतीको मादलको तालमा महाकविको रचना "मुनामदन" को प्रख्यात गीत गाउनु भएको थियो। तत्पस्चात नेपाली  विद्यार्थीहरुले आफूले रचना गरेका लेख तथा कविताहरु बाचन गरेका थिए ।
परदेशमा बसेर पनि नेपाली विध्यार्थीहरुलाई नेपाली भाषा सिक्न हौसला मिलोस भन्ने उद्धेश्यले आयोजीत उक्त कार्यक्रममा बिभिन्न साहित्यकारहरुले समसामयिक गजल, लेख, कविता बाचन गरी महाकवि प्रति श्रद्दा ब्यक्त गरेका थिए। प्रमुख अतिथी घिमिरेले सात समुद्र पारी आएर पनि नेपाली भाषा जीवन्त राख्न प्रयास गरेकोमा खुशी ब्यक्त गर्दै भविष्यका  कार्यक्रममा सबैले एक एक रचना लिएर आउन पनि आग्रह गर्नु भएको थियो। मात्री भाषाको महत्व आफ्ना नानीहरुलाई बुझाउन घरमा सदैब नेपाली भाषामै कुराकानी गर्न पनि वाहांले सल्लाहा दिनुभयो। नेपाली स्कूलका शिक्षकहरुलाई बिशेष र उपस्थित सबैलाई धन्यवाद दिदै सभापति  दाहालले भविष्यमा पनि यस्तै कार्यक्रमहरुको आयोजना हुँदा सबैको उपस्थिती हुने आशा ब्यक्त गर्नु भयो। राजेन्द्र सुबेदीको उद्घोषणमा उक्त कार्यक्रम सन्चालन भएको थियो |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |