हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

काठमाडौंमा जैमलीको मुख हेराइ,(कृष्णराज खनाल)



डायस्पोरामा बसेर सिजर्ना गरिएका नेपाली साहित्यिक कृतिका लागि जैमली डायस्पोरा साहित्य पुरस्कार आगामी वर्षदेखि दिइने भएको छ । मातृभूमि नेपालमा पनि साहित्य विकासका लागि सानो सहयोग पुगोस् भन्ने हेतुले जैमली साहित्य पुरस्कारको पनि स्थापना गरिएको छ । स्रष्टा शिव प्रकाशले यी दुवै पुस्कार स्थापना गरेका हुन् । डायस्पोरा नेपाली साहित्त्य तथा पुरस्कारको इतिहासमा नेपालबाट प्रदान गरिने यो नै पहिलो पुरस्कार पनि हो । जैमली साहित्य पुरस्कार १५ हजार र जैमली डायस्पोरा पुरस्कार १० हजार रहेको छ ।शनिवार एक समारोहबीच कथाकार शिव प्रकाशको कथाकृति जैमली काठमाडौंमा विमोचित भयो । जैमलीको मुख हेराइ नाउँ दिइएको समारोहमा आख्यान पुरूष डा. ध्रुवचन्द्र गौतमले सो कृतिको विमोचन गर्नु भयो ।हरिप्रसाद पौड्याल स्मृति प्रतिष्ठानको आयोजनामा भएको कृति विमोचन तथा पुरस्कार स्थापना घोषणा कार्यक्रममा वरिष्ठ साहित्यकार परशु प्रधान, समालोचक डा. तुलसी भट्टरार्इ, समीक्षक हरि अधिकारी, प्राज्ञ ललिजन रावल र समालोचक गीता त्रिपाठीले कृतिमाथि प्रकाश पार्दै  एकपटक पढ्नै पर्ने कथाहरूको संग्रह जैमली भएको कुरा बताउनु भयो । नारी पात्रहरूको वाहुल्यता रहेका कथाहरूमा मूलतः यौन मनोविज्ञान र यौनिक विवेचना, डायस्पोरा र नोस्टाजेल्याका साथ नारी पात्र र पक्षहरूको सुन्दर र सौम्य उत्खनन् गरिएको कुरा समीक्षकहरूले बताएका थिए ।स्रष्टा शिव प्रकाशका पिता स्वर्गीय हरिप्रसाद पौड्यालको सम्झनामा प्रतिष्ठानको स्थापना भएको र सो प्रतिष्ठानका सदस्यमा प्राज्ञ डा. विष्णुविभु घिमिरे, प्राज्ञ ललिजन रावल, कोषाध्यक्षमा फणीन्द्र पौड्याल, सदस्य सचिवमा गीतकार तथा कवि रमेश पौडेल र अध्यक्षमा शिव प्रकाश रहनु भएको छ ।वी.एन पुस्तक काठमाडौ वितरक रहेको सो जैमली कथा संग्रहको विक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम प्रतिष्ठानको कोसमा जाने छ । “महिनौ कोखमा बास दिने र धरतीमा पहिलो पाइला टेक्न साहस दिने माता र मातृभूमिप्रति मेरो पनि केही दायित्व छ । यो कुराको बोध भयो र नै यो प्रतिष्ठान बन्यो अनि संगसंगै यी दुर्इ पुरस्कारको स्थापना पनि भयो । सानो भए पनि केही गर्न पाएकोमा खुशी छु” कथाकार शिव प्रकाशले बताउनु भयो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |