हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

फ्रान्कोनियाको मेट्रो,(युवराज नयाँघरे)

नियात्रा

 

कार छोडी चढियो मेट्रो !

नीलो रङको मेट्रो । सुरुदेखि अन्तिमसम्म रेलयात्रा हुने भो अब । हो, लामो रेल चढाइ । यसको खोजी मैले गरिरहेथेँ निकै अघिदेखि । बल्ल साइत जु¥यो आज ।

जिमार तलिफसँग मेरो चिनाजानी भएथ्यो सेरहुडमा ।

तालिबानीको तारोबाट बचेर अमेरिका पुगेको रहेछ अफगानी तलिफ । भेटेकै दिनदेखि उसको र मेरो राम्रो दोस्ती भयो । गहिरो मिलाप ।

भर्खर खोलिएको पिज्जा सिटीमा काम पाएका थियौँ हामी दुबैले । काम नभएर हाई

हाई गर्दै बस्थेँ म । पाँचकोठे त्यो पसलमा हरेक कोठामा पाँचपाँच मिनेट बिताउँथे समय कटाउन ।

कारमा डिभिडी हेरिबस्थ्यो ऊ ।

स्टोर प्रमुख जसवन्त सिंह ग्राहक नआएको हुनाले छट्पटिन्थ्यो निकै नै । खुब हैरानीमा थियो ऊ । एकजना किन्ने मान्छे आउँदा हड्बडिन्थ्यो खुबै ।

अनि भन्थ्यो—‘म गुरु नानकलाई पुकार्छु !

तिमी भगवानसँग प्रार्थना गर !

मलाई हेर्दै भन्थ्यो ।

अल्लाहलाई भनिदेऊ तिमी चैँ !

तलिफलाई हेर्दै भन्थ्यो ऊ ।

घोर चकमन्न थियो स्टोर । सुनसान पसलमा ग्राहक नआएकोमा गीत रन्केर गाउँदै भन्थ्यो सिंह—‘कस्तो चकमन्न !

दिनभरिमा एकसय डलर पनि हुँदैन्थ्यो आम्दानी । मलाई चालीस डलर, तलिफलाई चालीस डलर दिन धौधौ परेको थियो जसवन्तलाई ।

ग्याँस, बत्तीको खर्च टाढाकै कुरा परे !

कसको सराप प¥यो हँ, मेरो स्टोरमा !

ऊ घरीघरी सुनाउँथ्यो हामीलाई ।

जनवरीको सत्ताइस तारिख ।

छुट्टीको दिन पारी हामी एकाबिहानै गयौँ फ्रान्कोनिया ।

तिमीले मेट्रोको मस्ती कति गरेका छौ, डिसीको ?’

थोरै गरेको छु । एकदमै थोरै !

जनवरीको अन्तिम हप्ता घुम्ने है त !

कान्छी नानी धेरै चाहिएला नि त ?’

यस्तै पचास डलर बोके पुग्छ !

, म जाने भएँ !

परिवारका साथ हार्डफोर्ड नजिकै बस्थ्यो तलिफ । बमले खाएका हातखुट्टा गुमाएर अपाङ्ग भएकी अत्यन्तै सुन्दरी बहिनी र बूढौली उमेरकी आमा साथमै थिए तलिफका ।

गृहयुद्धका अत्यन्त जिउँदा अनुहार थिए तलिफका आमा र बहिनी ।

ऊ आँफै पनि पीडित थियो तालिवानीको दण्डबाट । कुहिनो देखाएर भनेथ्यो—‘करेन्ट लाएथे धेरै पटक । कसरीकसरी बाँचे म !

तीन हप्ताका बीचमा पाँचछ पटक भेट भइसकेथ्यो तीसँग मेरो । छोड्न र लिन जाने काम तलिफ नै गथ्र्यो मलाई ।

राति एघार बजेतिर ड्रमक्यासलमा छोड्दा भनेथ्यो—‘ठीक चार बजे लिन आउँछु म । तयार भइरहनु नि !

पासपोर्ट खल्तीमा हालेँ अनि सय डलर कोचेँ तीन खल्तीमा बाँडेर ।

मासु र भात एकै ठाउँमा हाली मज्जाले भुटेर प्लास्टिकको बट्टामा राखेँ बिहानको बाटो सामल । भोलिपल्टको झन्झट सम्झेर पाइन्टज्याकेट लाएरै सुतेँ म ।

नभन्दै बिहानको चारबजे लिन ऊ आयो र घन्टी दियो फोनको । खुरुर्र तल झरेर म चढेको थिएँ कार । अनि हुँइकेथ्यौँ हामी वेगले । झण्डै दुई घन्टाको हुँइक्याइपछि हामी पुगेका थियौँ भर्जिनियाको फ्रान्कोनिया ।

यहीँबाट सुरु भएथ्योनीलो रेल चढ्ने काम ।

वासिङ्टन डिसी, भर्जिनिया र मेरील्याण्ड वरिपरि रातो, नीलो, हरियो, सुन्तले र पहेँलो गरी पाँच रङ्गे रेल कुद्छन् । प्रविधि र सुविधाले अत्यन्त सम्पन्न यी मेट्रोले बोक्छन् करौडौँ मान्छे ।

रस आवरभनिने बिहान बढी पैसा काटिँदो रहेछ टिकटबाट । दिउँसो र मध्यरातमा चाप कम हुन्थ्यो निकै कम । अरु बेला चैँ टनाटन हुँदा रहेछन् मान्छेहरु ।

तिमी बीस डलर मलाई देऊ । मेरो मेट्रो कार्ड काम लाग्छ तिमीलाई । मेरो लागि त बेग्लै छ !

मैले खुरुक्क बीस डलर थमाएँ ।

पैसा नपुग्ने भए पछि उतै मिलाउँला नि !

भनिटोपल्यो तलिफले ।

अनि स्टेशनतिर लाग्यौँ हामी । आठ बजेको छ बिहानको । भीड निकै बढेको छ । केटाकेटी र अधबैँसे आइमाईंको चाप छ बढी नै । तिनको घन्चमन्च बेस्सरी देखिरहेको छु म ।

भित्तामा टाँसिएको सूचनापाटी पढेर तलिफले भन्यो—‘अरु दस डलर थप्नु पर्ने भो तिमीले !

ठीक छ, म थप्छु !

मैले नयाँ पाँचपाँचका दुईवटा कट्कटाउँदा नोट थमाएँ ।

मेरो मनमा कुरा छड्किए—‘मुसल्टे, हिजोको टिप्स सबै थुत्ने भइस् तैँले !

अघिल्लो दिन एकाएक मौसम बिग्रेथ्यो दिउँसोदेखि । स्टोरमै थिएँ म । तलिफसँग गप्फिएर घन्टा हानिरहेथँे । हिउँ पर्ने सूचना बिहानै टेलिभिजनमा आएथ्यो ।

एउटी अश्वेत रुपसीले पाँचपाँच डलर हाम्रा हातमा दिएर भनी—‘जिजस महान छन् । तिनले मेरी आमाको मृत्यु सहज पारिदिए !

आज बेलुका भोज रहेछ उसका घरमा । धेरै किसिमका समुद्री परिकार अर्थात् सी फुड लिन आएकी रहिछ भव्य ज्यानकी अफ्रिकी रुपसी । छिरिम्भनिने माछाको परिकार ऊ खुब खान्थी । पच्चीसतीस परिकारका सी फुड लिएर ऊ जाने बेलामा टुप्लुकिएका रहेछाँै हामी ।

अनि उसले पाँचपाँच डलर दिएर मातृऋणबाट मुक्त भएकी थिई कि !

ए ठोसे तरुनी, तैँले एउटा बाहुन र अर्को मुसल्टेलाई पाँचपाँच डलर दिई आमाको दूधको भारा तिरेँ भन्ठानिस् कि क्या हो ?’

मैले मनमनै सोधेको थिएँ ।

फ्रान्कोनिया स्टेशनको कल्याङमल्याङमा छु म । हिस्पानिक र अश्वेत आइमाईको लर्को छ बढी नै । तिनको मोटाइ चैँ खाइलाग्दो ! शरीर छरिएको देख्छु चारैदिशा !!

मेट्र««ो कार्ड घोटेर हामी चढ्यौँ रेलमा । छिनभरमै टिङ्लिङ्ङ बज्दै ढोका लाग्यो । मान्छे थिए टनाटन ।

हामी धेरै हिन्दी र थोरै अङ्ग्रेजीमा बातचित गथ्र्यौँ ।

केही छाडा शब्द उसले मलाई सुनाएर अर्थ जान्न खोजेथ्यो ।

कसरी सिक्यौ यी शब्दहरु ?’

मैले प्रश्न गरेँ ।

केही नेपाली साथी छन् नि कलेजमा । घोकाए तिनले !

उत्तर सुनेँ ।

ओहो एउटा घिनलाग्दो शब्दका पछाडि पत्रु स्वभाव, निकृष्ट चालचलन, विकृत संस्कृति, असङ्गत जाति र नालायक देशको अनुहार सँगसँगै आउँदो रहेछ ।

त्यस घडी खिन्न भएर मन घुम्यो मेरो !

केही वर्ष अघि अमेरिका छिरेको तलिफ कान्दाहारबाट सोझै आएको रहेछ । धेरै आफन्त उतै छुटेकामा बेलाबखत एक्लो ठान्दथ्यो । अफगानीहरु ग्रहणमुक्त नहुने ठान्थ्यो ऊ । हावामा वेगिएको जहाजजस्तो आनन्दीपूर्ण लागिरहेछ मेट्र«ो । टिलिक्क सफा, सुकिलो र सुग्घर छ त्यत्तिकै । सूचना र सुरक्षाका जानकारी छन् मेट्र«Þोका भित्ताभरि ।

मैले स्कुलमै हुँदा नेपालबारे केही जानेँ !

कसरी ?’

इन्डियन एअरलाइन्स ओरालिएको थियो नि कान्दाहारमा ! त्यो नेपालबाटै कब्जामा पारेछन् अपहरणकारीले !

हो त नि !

सही थाप्दै झ्यालबाहिर हेर्छु ।

नेपालको नाम कस्तोकस्तो दुर्नियतमा गाँसिएको देखेर भित्तैदेखि खिन्न भएँ म ।

भ्यान ड्रोन स्ट्रीटमा रोकियो रेल । एउटी पुड्की गोरी चढी ठूलो गजधुम्मे ब्याग बोकेर । ब्यागबाट केही पत्रिका खसे । खसेका पत्रिकामा हिलारी क्लिन्टनका ठूलठूला फोटा छापिएका थिए विभिन्न रङरुप र आकारका ।

त्यो थियो अमेरिकाली चुनावको एउटा तस्बीर ।

हामी अहिले अलिक सोझिएर पूर्व लागेका छौँ । किङ स्ट्रीटमा पुगेपछि पहेँलो रङको मेट्रोले छुँदो रहेछ । त्यहाँबाट आएका मान्छेहरु हुनसम्म थपिए रेलमा । अलिक धेरै बूढाबूढीको हुल थियो यहाँ ।

ब्रेडडोक रोडमा रेल रोकियो थोरैबेर ।

तिमीले राति झोल खाएनौ होला ?’

मलाई फुर्सदै भएन !

हेर, मलाई त चोक्टै खान अवसर मिलेन ! आमाले पकाउनु भएको खान नखाएको पनि महिना दिन भो !

अगाडिको सिटमा एउटी भारतीय अनुहारकी आइमाईले उसको कम्मरकम्मर बराबरको झोला बोकेकी थिई । त्यहाँ विभिन्न भारतीय परिकारका चित्र थिए अत्यन्त मनचोर्दा र कलात्मक । त्यही देखेर भोजन सम्झेको हुनुपर्छ तलिफले ।

कारमै छँदा मैले राति भुटभाट पारेको कुखुराको मासु र भात खाएको थिएँ । उसले यस्तै छसात चम्चा खाएथ्यो भात मात्र ।

हलाल नगरेको मासु म खान्न !

त्यो पाइन्छ त यहाँ ?’

पाउनु पर्छ । सकेसम्म आफ्नो धर्म बचाउनु पर्छ !

हो नि !

अमेरिकाले संसारका मान्छेलाई आफूकहाँ बोलाउँछ । अनि म पनि आएँ । अब उसले मेरो धर्म जोगाउने परिपाटी नबसालेर भो त ?’

त्यसमा मेरो विमति छैन !

म मेट्रोका अगाडि कुदिरहेका बिजुलीका अक्षर पढ्छु  र नबुझेका कुरा तलिफलाई सोध्छु ।

आफूलाई पफ्र्युमको सौखिन रहेको बताउँथ्यो ऊ ।

पटकपटक तीनचार डलर सापटी मागेको थियो मसँग । एक साँझ हामी डुल्दैडुल्दै रजिस्टार टाउन पुगेका थियौँ ।

तलिफले मसँग पाँच डलर मागेर भनेको थियो—‘तिमीसँगै ऋण लिन्छु, तिमीसँगै सामान किन्छु !

कुरो बुझिएन नि !

बिस्तारै बुझ्छौ !

मबाट पाँच डलर लिएपछि हामी सरासर गयौँ एउटा पसलमा । त्यहाँ हेटौडातिरकी एउटी नेपाली महिलाको पसल रहेछ ।

महिलाबाट पाएँ नमस्ते । नयाँ ठाउँमा सम्मान पाउँदा म अचम्मित, चकित र पुलकित नभएको होइन । तलिफले मेरा बारेमा भनिसकेको रहेछ ती आइमाईलाई ।

पफ्र्युम किनेर फर्कंदा बाटामा अर्थ खुलायो—‘नेपालीसँग ऋण र नेपालीसँगै सामान खरिद गर्दा अघिको कुरो मिल्यो, हैन ?’

हो, मिल्यो नि !

त्यसो भएपछि ब्याजको कुरै खत्तम !

यति भनेर हासेथ्यो ऊ, मुस्काएँ मै पनि ।

तलिफ गिज्याएर मलाई भन्थ्यो—‘पढ्ने, लेख्ने दिमागी जन्तुहरु युवराज होइन महाराज हुन्छन् । तिमी महाराज हौ । त्यै भन्छु म तिमीलाई । बोलाउन सजिलो हुन्छ, महाराज !

उसको चालामाला देखेर मलाई गजब लाग्थ्यो । अमेरिकामा बसेर दुःखको दौडमा सहभागी छ । दुईदुई ठाउँमा काम गर्छ  दिनरात नभनी । आमा र बहिनीको बोझ नि उसकै थाप्लामा । तैपनि ठाँटबाँट निकै चर्को !

मैले उसको नामलाई बिगारेर भनेँ—‘तिमी मसँग पटकपटक डलर मागेर हैरानै गर्छौ । तिम्रो नाम जिमार होइनजिमदार तकलिफ हुनुपर्ने !

किन नि ?’

अमेरिकामा बसेर यस्तो महङ्गो अत्तर लाउँछौतिमी हाम्रो गाउँका जिमदार जस्तै शान देखाउने खालका छौ !

अनि तलिफको अर्थ पनि अर्कै लगाएको ?’

मलाई तकलिफ दिइरहन्छौ, पटकपटक डलर मागेर !

यसरी ऊ जिमार तलिफबाट जिमदार तलिफभएथ्यो । उसका आँखामा म भएथेँ महाराज’ !

रोनाल्ड रेगन वासिङ्टन नेशनल एअरपोर्ट पुगिएछ । निकै भए यहाँ ओर्लनेहरु । चढ्नेहरु पनि उत्तिकै । डिब्बामा पस्नेका अनुहारमा उत्फुल्ल थिएन । लामो, हतास, र थकानको यात्राबाट आएका हँुदा हुन् ती ।

क्रिष्टल सिटी पुगेपछि तलिफले भन्यो—‘घरका कुरा चैँ नगर्ने है !

हुन्छ । तर मनले त सबभन्दा बढी त्यही खोजिरहेको हँदोरहेछ !

होइन । हामी मात्र त्यस्ता । यी अम्रिकाने त्यस्ता हँुदै हँुदैनन् !

तिनीहरु व्यक्तिगत स्वतन्त्रताका पक्षपाती !

आफूलाई भए, पुगिगो !

हाम्लाई मात्र बाबुआमा, स्वास्नी, छोराछोरी सबले घेरिरहने !

तन्नेरी तलिफले कुरा ग¥यो एकदमै बुझ्झकी ।

स्वास्नीलाई  लोग्ने फेर्न छुट्टी नचाहिने । लोग्नेलाई स्वास्नी फेर्न पर्खिरहनु नपर्ने महाराज !

हो नि, जिमदार !

हाँस्यौँ हामी ।

मेट्रोमा अश्वेतहरुको हुल छ अलिक बढी । अझ विद्यार्थी जस्ता लाग्नेहरु बढ्ता छन् मेरा वरिपरि । दक्षिण अमेरिकी मूलका अनुहार निकै छन् मेरा अगाडिपट्टि ।

पेन्टागन सिटीमा पुगेपछि माइकिङ भयो—‘सुरक्षाकर्मीहरु तपाईं बसे ठाउँमा आएर जाँच्ने छन् । कृपया यथास्थानमा बस्नुहोला !

मैले खसखस पोखेँ—‘के यो नियमित जाँच हो कि ?’

जे पनि हुन सक्छ !

, ए !

नभन्दै केही छिनमा डरलाग्दा कुकुर लिएर गौराङ्गे अग्ला सिपाहीको भीड भरियो मेट्रोमा । मैले पासपोर्ट छामेँ । मेरो परिचय सबै त्यही थियो । कसैले मागिहाले देखाउने कागजपत्र थियो त्यही नै ।

निकै हुँइकियो मेट्रो ।

अर्लिङ्टन सिमेट्रीमा केही छिन मेट्रो रोकियो ।

मेरा मामा यहीँ मारिएथे !

कसरी ?’

एउटा कालेले ब्याग लुटेछ । मेरा मामा पनि लर्तरा थिएनन् । लुटेरासँग एकछिन लडेछन् । कालेले टाउकैमा गन हानेछ । सहयोगको क्षतिपूर्ति त पाइयो । पाइएको डलरले उपचार गर्दागर्दै मान्छे नि गए, डलर नि सिद्धियो !

बढो नराम्रो भएछ !

यै त हो अमेरिकी उपहार !

तलिफको मन छुने कुराले आङै सिरिङ्ङ पार्छ ।

रोजलिन पुग्दा देखापरे केही नेपाली अनुहार ।

मैले बिस्तारै उसलाई भने—‘यतातिर निकै नेपाली छन् रे नि जिमदार ?’

हो, महाराज ! मेरो कलेजमा यताका निकै नेपाली भेटेथेँ । अहिले त ती धेरै जसो बोस्टन, टेक्सस र नर्थ क्यारोलाइनातिर गइसके । म मात्र मेरील्याण्डमै जकडिएको छु, छु !

परिवारको बोझमा थिचिएको अनुभव पोख्यो उसले ।

रोजलिनमा सुन्तले रङको रेल भेटिने दोभान रहेछ । झन्डै एक घन्टा अब नीलो र सुन्तले मेट्रो सँगसँगै दगुर्ने सूचना तलिफले दियो मलाई ।

वासिङ्टन डिसी कत्तिको घुमेका छौ ?’

घुमेको छु तर चित्त बुझेको छैन !

अब डिसीको खास माहौल देखापर्छ !

हतारिएर मैले सोधेँ—‘डिसी आइसक्यो र ?’

डिस्ट्रिक अफ कोलम्बियामै छौँ हामी । तर वासिङ्टन डिसी भन्ने मुख्य ठाउँतिर जाँदैछौँ !

तलिफले ठाउँ निहाल्दै भन्यो ।

हामी प्रसिद्घ पोटोम्याक नदी तरेर पुगिसकेछौँ पारि । फगी बटममा पुग्दा थाहा भोयहीँ रहेछ, भियतनाम भेट्रान्स मेमोरियल्स ।

कुनै समय भियतनामको युद्घमा होक्काँ साँडे भएर गएको अमेरिका कालान्तरमा भिजेको बिरालो भएर लुरुक्क फर्केथ्यो रातो मुख लाएर । आजभोलि तिनै जोधाहाहरुको सम्झना सँगालेर बनाइएको रहेछ, स्मृतिस्थल ।

कुनै बेलाको सनक पछि बन्न पुग्छ सम्झनाको पाटो !

पुगिएछ फारागट वेस्टमा ।

तिमीलाई देखाउने कुरा छुटेछ !

के जिमदार ?’

जर्ज वासिङ्टन युनिभर्सिटी जाने ठाउँ हो फगी बटम । देखाउनै बिर्सेंछु महाराज !

सामान्य रुपमा लिएँ उसका कुरा मैले । हो, सदासयता चैँ प्रिय थियो उसको ।

फारागट वेस्टमा मान्छे फेरि ओइरिए । ठूलै पारिवारिक जत्था छि¥यो मेट्रोमा । केटाकेटीको कल्याङमल्याङले स्नेही बनायो वातावरण । मेरा छेउमा चारजना ससाना बच्चालाई वरपर राखेर मन एकातिर अनि ज्यान अर्कातिर भएकी आइमाई थिई । त्यो बसोस् भनेर ठाउँ नि छा्ड्न मन थियो । फेरि अरुले के भन्लान् भन्ने अप्रत्याशित भय पनि छँदैछ छातीभरि । नेपाली मायालु मन कठोर बनाएँ अमेरिकामा ।

अब रमाइलो हुन्छ !

किन नि ?’

अब मेट्रो सेन्टरमा पुग्दा रातो, नीलो र पहेँलो रेल तलमाथि भेटिन्छन् क्या । यो निकै ठूलो स्टेशन हो । त्यहाँको भीड निकै मूल्यवान् लाग्छ मलाई । ठम्याउन सकियो भने आफ्नो देशबाट गायब हुने मान्छे मेट्रो सेन्टरमा भेटिन्छन् !

त्यसो हो भने खोज्छु नि मेरा देशका मान्छे !

हाम्रा गफ हुन्छन् मज्जाले ।

थुतुनो चलाए पनि आँखा झन् टड्कारा पारिरहेको छु म । दृश्य छुट्लान्, परिवेश उम्केलान् र चरित्र फुत्केलान् भन्ने पिरलो छ मलाई । यो वातावरण फेरि जुट्ला कहाँ ! घुम्नै भनेर हिँडेको मौका फेरि जुर्ला कसरी !

एशियालीएशियाली एक हौँ !

चिनाजानी भएकै साँझ तलिफले भनेथ्यो । भेटेकै साँझ उसले मलाई आफ्नी आमासँग  चिनाएर भनेथ्यो—‘आमा, यो दिमागी मान्छे रैछ !

युद्घग्रस्त देशको अत्यन्त हार्दिक मान्छेले अमेरिकामा सम्मान गरेथ्यो मलाई । अफगानी मोटा र बाक्ला रोटीमा नेपाली तिलको अचार राखेर हामी दुबैले निकै पटक खाएथ्यौँ दिउँसोको खाजा ।

निकै कल्याङमल्याङ भयो मेट्रो सेन्टरमा । मनग्गे थपिए मान्छेहरु । केही अघि पनि यहाँ आएथेँ म । एकदमै ठाडो बिजुली भ¥याङ चढेर बाहिरिएको थिएँ त्यो बेला । त्यतिखेरको मुटु कमाउने जाडो सम्झँदा अहिले नि दाँत बज्छन् किटिट्ट ।

मनै अत्याउने ठिही !!

त्यसो त घटेको छैन जाडो । रोकिएको छैन हिउँ पर्न । जिउ लाछलुछ पार्न छोडेको छैन चिसो स्याँठले । के अमेरिकाको हावामा ठिहीको कीटाणु छरिएको छ कि क्या हो !

एउटी अफ्रिकी घ्याम्पे सुन्दरीले माथि टाउको समेत छोपेकी छ तर बटारिएका बज्राँठ पिँडुला समेत ह्वाङ्ग पारेर तलिफसामु उभिएकी थिई ठिङ्ग । उसको ज्यान देखेर अनुलोमबिलोमगर्न थाल्यो मभित्रको लोग्नेमान्छेले !

प्रेम ग¥यौ कसैसँग ?’

त्यो गरिनँ । तर सुत्न चैँ सुतेँ !

प्रेम गर्दा महँगो पर्छ । सुत्दा थोरै डलर भए पुग्छ । डाउनटाउनतिर गएर हस्लर क्लब पसेको छु । अनि तीँ मिलाएर सुतेको छुजमैकन आइमाईसँग, महाराज !

मलाई निहाल्यो र सोध्यो—‘तिमीले के ग¥यौ नि अमेरिकी अनुभव ?’

म त बालबच्चाको बाबु हुँ । श्रीमतीसँग साताको चार रात फोन गरी औडाहा मेट्छु, जिमदार !

हँसायो उसलाई मेरो कुराले ।

वासिङ्टन डिसीमा ल्याप डान्स हेर्न नबिर्सनु फर्कनु अघि, महाराज !

तिमीले भनेजस्तै हुन्छ । आज्ञा शिरोपर छ, जिमदार !

सवालजवाफले हँसायो मस्तसँग ।

फ्रेडल ट्र«्याङ्गल पुगिएछ । रोकिएको थिएन हाँसो । एउटा परिवारको तन्नेरी केटो र अर्को परिवारको अभिभावकका जिम्मेवारी थिए दुई खाले । तर समय एउटै थियो, कमाई उस्तै थियो । सबभन्दा अन्तिम सत्य एउटै थियोपूर्वीय सभ्यताको जीवन बोकेर दुबै अमेरिकी स्वतन्त्रताको भासमा कुदिरहेका थिए बेस्सरी ।

स्मीथोनियन पुग्दा मेट्रो खाली भयो निकैनिकै ।

यहाँ ओर्लेर मास्तिर गए क्यापिटल हिल, ह्वाइट हाउस र थुप्रै सङ्ग्रहालयहरु हेर्न सकिन्छ । कि यहीँ झर्ने हो ?’

होइन त्यसो नगरौँ ! गएको काम फत्ते गरौँ । पछि आएर डुलौँला नि !

लौ त लौ !

यसरी ऊ फकियो र टुङ्गिएन हाम्रो रेलयात्रा ।

लेफेन्ट प्लाजामा पुगिएछ ।

थाहा भोहरियो, पहेँलो, नीलो र सुन्तले गरी चार लाइनका मेट्रोको भेटघाट हुने मुख्य ठाउँ रहेछ यहीँ नै । फेरि निकै ठूलो भीड देखियो यहाँ । एक त आइतवारको छु«ट्टी ! फेरि बिहानैको उज्यालो समय !! अनेक हिसाबले मन दङ्ग थियो मेरो ।

अब सँधै यतै हो ?’

अमेरिकाले जा नभनुन्जेल यतै !

मैले उत्तर पाएँ तलिफ ।

तपाईं नि ?’

अमेरिकाले जा भन्नै पर्दैन । मन लागेको दिन उड्छु म !

मेरो उत्तर थियो ।

उज्यालो अनुहारमा अँध्यारो हाँसो थियो उसको ।

क्यापिटल साउथपछि आयो इस्टर्न मार्केट । यहीँका थिए उषा, मालती  रविनाहरु । काम खोज्दै अहिले ती शेरहुडमा अल्लारिँदै थिए । ती नेपाली रुपसी चेलीका भान्सामा अचार चाख्न निकै पटक पुगेको थिएँ म ।

कहाँको मनले कसकसलाई भेट्यो !

अघिदेखि सँगै हिँडेको सुन्तले रङको मेट्र«ो अर्को दिशातिर जाने सङ्केत देखियो अब । नभन्दै पोटोम्याक एभेन्युपछि आएको थियो स्टेडियम आरमोरी । यसै गौँडोदेखि दक्षिण लाग्दै थियो नीलो मेट्रो ।

बेनिङ रोडमा पुग्दा एउटा केटोले अर्को केटाका ओठ चुस्दै पस्यो मेट्रोभित्र । दुबैका लुगा थिए हलुका गुलाफी । जोडीको चालामालाबाट थाहा भो, ती रहेछन् समलिङ्गी । तिनको आगमन त्यति रुचिकर भएन हाम्रो कक्षमा । एउटा दुम्सीकाँडे कपालको मङ्गोलियनले छोडिदियो बसिरहेको सिट ।

शायद अपमान ठाने हुँदा हुन् तिनले । समलिङ्गीको जोडी बस्दै बसेन त्यो आसनमा । वरपरकाहरु नि चुपचाप भए ।

स्वतन्त्रताले सम्पन्न अमेरिकामा समेत अप्राकृतिक सम्बन्धलाई प्रश्नका आँखाले हेर्नेहरु पनि भेटेँ मैले । प्रकृतिका विरुद्घ सहने संसार कहाँ बन्ला र ?

अगाडिपट्टि उभिएकी एउटी बल्ड्याङ्ग्रे गोरीले चस्मा खोल्दैलाउँदै एउटा उसकै ज्यानजत्रो पुस्तकका पानामा लगाइरहिथी दृष्टि । घरीघरी ऊ हामीतिर आँखा लगाउँथी । नीला आँखामा युरोपको आभा देख्थेँ म । असाध्यै उज्यालो उसको अनुहारमा पुस्तकका पङ्क्ति उत्रिएको भान देखिन्थ्यो सहजै ।

क्यापिटल हाइट्स, एडिसन रोडपछि मोर्गान बोउलबर्ड पुग्यौँ हामी । यस बीचमा रेलले धर्तीका अनेक फग्लेटा नाघिरहेथ्यो । साटिरहेथे अनुहारका अनेक रुप । हजारौँले मेट्रो चढ्ने र ओर्लने गरिसकेथे यतिन्जेलमा । युरोप, दक्षिण अमेरिका र एशियाका सयौँ हृदयले अनेक भावनासँग पार गरिसकेथे सयौँ किलोमिटर ।

म एउटा नेपाली थिएँ यो बिरानो ठाउँमा । कहिल्यै नभेटिएको अफगानीसँग चिनाजानीको सङ्गतले तानिएर यो सम्पन्न अमेरिकामा विपन्न हालतमा कुदिरहेथेँ म । हृदय थियो बेपत्तैसँग भावुक ।

तरल थिएँ म, पगिलरहेको थिएँ म !

लोगो टाउन आयो !

औल्याएर देखायो तलिफले ।

मैले अगाडि हेरेँहरियो प्लेटको सेतो किनारमा लेखिएको थियोलोगो टाउन सेन्टर ।

हाम्रो पनि अन्तिम गन्तव्य थियो यो । मेट्रोको पनि अन्तिम बिसौनी यै विशाल शहर । दुबै अर्थमा अन्तिम बिन्दु । एक घन्टाको काम सकेर हामीले फेरि त्यही बाटो फर्कनु थियो वासिङ्टन डिसी । हतार थिएन फर्किहाल्ने । फुक्काफाल भएर घुम्नु थियो अब ।

मेट्रोबाट झर्न लाग्दा हामी पछाडिको डिब्बाबाट पुलिसले एउटा लाम्घारे कुइरेलाई चौखु«¥याउँदै हत्कडी लाएर घिच्चाएको देखियो ।

त्यो मोस्ट वान्टेड क्रिमिनल हो । त्यसले पोहोर रोज आइल्याण्डमा तीन वटी गोरीलाई बलात्कार गरी बाथटबमा डुबाएर मारेको थियो । त्यो रस्सियन हो ! डाउन टाउनमा त्यसका फोटा जताततै टाँसिएका थिए !

हो, महाराज ! जहाँकै होस्, पुरस्कार पाउने उसले काम गरेको छैनन् नि । दण्ड नभए त, उनीहरुलाई खुदाले फेरि जीवन समेत दिइहाल्दैनन् !

तलिफको ओठमा बोलीको खहरे छ अटुट ।

हामी स्टेशन बाहिर निस्क्यौँ कार्ड घोडेर । ठूलो पानी परेर रोकिएको देखियो । स्वागतमा परियो बिर्बिरे पानीको । अघि सम्मको तातो स्वात्तै हरायो बाहिरको चिसो स्याँठले । मध्य दिनको सुन्दरता मुस्काइरहेको थियो लोगो टाउनमा ।

न्युपोर्ट चुरोट सल्काएर तलिफ हिँड्यो । उसको पुच्छर थिएँ म, दर्गदिशा आँखा लाउँदै । थाहा छैन, कति प्रतिशत मेरो मन शान्त हुन सक्छ । छटपटी पो हुन थाल्यो ।

लट्ठिएँ म लोगो टाउनको भव्यतामा !

 ०००

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |