हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

शत वार्षिकी कार्यक्रम ,(खसखस संवाददाता )

मार्च २४ का दिन विश्व परिक्रमा पाक्षिकले तिन साहित्यकार सिद्धिचरण श्रेष्ठ, भीमनिधि तिवारी तथा काशी बहादुर श्रेष्ठको शत वार्षिकी कार्यक्रम मनायो |
विष परिक्रमाका सम्पादक गोविन्द गिरिको सभापतित्व, अमेरिकाकालागि नेपालका राजदूत डा. शंकर प्रसाद शर्माको प्रमुख अथित्वमा सम्पन्न भएको सो कार्यक्रममा सिद्धिचरण श्रेष्ठको बारेमा बसन्त श्रेष्ठ, भीमनिधि तिवारीको बारेमा भारती गौतम (बोष्टन) तथा काशी बहादुर श्रेष्ठको बारेमा अनेसास सभापति ज्ञानेन्द्र गदाल (कोलोराडो) ले गहन प्रकाश पारेका थिए |
स्वागत तथा समापन मन्तव्य गोविन्द गिरीले व्यक्त गरेका थिए भने प्रमुख अतिथि डा. शर्माले विदेशमा रहेर यस्तो प्रकारको सम्मान गर्नु प्रशंसनीय कार्य हो भन्दै आयोजकलाई बधाई तथा धन्यवाद दिनु भयो |
२.३० अपरान्ह शुरु भुने भनिएको कार्यक्रम झन्डै ३.४५ बजे शुरु भएको थियो भने पाहुनाहरुको उपस्थिति अति न्यून रहेको थियो |
तर प्रवासबाट यसरी साहित्यकारको शत वार्षिकी सम्मानमा गरिएको यस्तो प्रकारको कार्यक्रम भने प्रशंसनीय हो |

कार्यक्रमका केहि झलकहरु:

http://youtu.be/p1rXvSgPG6c 

https://plus.google.com/photos/104199544448739127515/albums/5723646852784532529#photos/104199544448739127515/albums/5723646852784532529


 

 

 

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |