नेपाली साहित्य प्रतिष्ठानले ए.एन.ए. डालस सम्मेलनमा " नेपाल बाहिरको नेपाली सा,(खसखस सम्वाददाता )
नेपाली साहित्य प्रतिष्ठान – उत्तर अमेरिकाले यस पटक ए. एन. ए. को ३०औ महाधिबेसनको अवसर पारेर टेक्सास राज्यको, डालासमा हुने अन्तर्राष्ट्रिय कविता महोत्सब संगसंगै नेपाल बाहिरको नेपाली साहित्यका बारेमा बिशेष गोष्ठीको आयोजना गर्ने भएको छ | यो गोष्ठी संचालनका लागि नेपाली साहित्य प्रतिष्ठान – उत्तर अमेरिकाले डा. गोविन्दसिंह रावतको संयोजकत्वमा "नेपाल बाहिरको नेपाली साहित्य: प्रवासी कि आप्रवासी" गोष्ठी आयोजना समिति गठन गरेको छ | समितिका अन्य सदस्यहरुमा मोहन सिटौला, टेक्सास; गोबिन्द गिरि प्रेरणा भर्जिनिया र ज्ञानेन्द्र गदाल, कोलोराडो रहनु भएका छन् | पहिलो पटक आयोजना हुन लागेको "नेपाल बाहिरको नेपाली साहित्य : प्रवासी कि आप्रवासी " सम्बन्धि यस गोष्ठीमा डायस्पोरा साहित्यमा बिशेष कलम चलाउने विद्वानद्वय डा. गोबिन्दराज भट्टराई र डा. खगेन्द्र लुइँटेल तथा अमेरिकामा बसेर डायस्पोरा साहित्य सिर्जना गर्दै आउनुभएका अ.ने.सा.स.का संस्थापक होमनाथ सुबेदीबाट कार्यपत्र प्रस्तुत गरिने छन् |