हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

उपसचिव स्याँर्कोटेको देशान्तर कविताको विवेचना,(असफल गौतम)

परिचयः

माता मुवा कुमारी पौडेल पिता तुलसीराम पौडेलको कोखबाट जन्मेका तिलक पौडेल पछिल्लो समय स्याँर्कोटे बनेका छन्। झारखोले साहुँको सम्पन्न परिवारमा जन्मेका उनी १४ वर्षको उमेरबाट नै शिक्षण पेशामा लागेका हुन्। विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूमा झण्डै १३ वर्षको कार्यानुभव बटुलेपछि पछिल्लो २३ वर्षयता नेपाल सरकारको स्थानीय विकास मन्त्रालयमा उपसचिवको पदमा रहेर राष्ट्र सेवामा खटेका छन्। स्याङ्जाली सम्पर्क सदनका आजीवन सदस्यसमेत रहेका उनी प्रतिभा समूह स्याङ्जा ब्यूरो ८१ नेपालमा रहेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन्। पौडेलले स्वतन्त्र लेखनमा विशेष रूचि राख्ने गरेको पाइन्छ। विज्ञानमा जन्मिएर अर्थशास्त्रमा हुर्कीएका प्रशासनमा मौलाएका स्याँर्कोटे अर्थशास्त्र सार्वजनिक प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। एक श्रीमती निरू, दुई छोरा रोशन रञ्जन तथा एक छोरी रश्मीका पितासमेत रहेका उनको हालको बसाईं काठमाडौं, कीर्तिपूर अमृतनगरमा रहेको छ। भारत, थाइल्याण्ड, फिलिपिन्स, कोरिया, जापान भियतनामजस्ता देशको भ्रमण गरेका छ्न। यता आफ्नै देशमा पनि स्याङ्जाको झारखोलादेखि मुगु, डोल्पा हुँदै शिक्षणका क्रममा नेपालका विभिन्न विकट विकट कुनाकन्दरासम्म पुगेका छन्। दुर्गमको टुहुरो नियात्रा सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेको बेला उनको निरुलाई पत्र प्रबन्ध भने प्रकाशित भइसकेको छ।

विषयप्रवेशः

जीवन गुजाराको शुरूवातीको एक दशक अध्यापन पेसामा बिताएका स्याँर्कोटेका जीवन भोगाईका अनेक मोड, घुम्ती पहराहरूको वकालत गर्दै देखेका भोगेका घटनाक्रमले आज कविताको रूप धारण गरेका छन् देशान्तरमा। जहाँ विविध कालखण्डका त्यस्तै रूपहरू पाउन सकिन्छ। वि.. २०३५ सालमा लेखिएकोमिलन बिछोडशीर्षकको कवितादेखि लिएर वि.. २०६८ सालमा गोर्खाबाट बिदाइ हुँदासम्मका मनमा फुरेका भावनाहरू सङ्ग्रहित भएर कविता सङ्ग्रह बनेको छ। स्याँर्कोटेलाई कवि मात्र भनेर हुँदैन, जहाँ गीत बाला दिनमा कोरेका तस्विरहरूलाई पनि जिवन्तता दिएर उनको बहुआयामिकतालाई यो कविता सङ्ग्रहमा प्रस्तुत गरिएको छ। पहिलो चोटी कवि बन्दा उनी १६ वर्षको उमेरमा प्रवेश गरेका थिए। युवा अवस्थामा सबै कवि बन्छ भनिन्छ। उनी पनि कवि बनेर कविता लेखे तर जुन रहरै रहरमा लेखियो। समयले कोल्टो फेर्दै, उमेरले भोटो फटाल्दै अगाडि बढायो। उनलाई जागिरको परिबन्दले मुगु जिल्लामा पु¥यायो। वि.. २०४१ ताका मुगुमा आयोजना गरिएको कविता प्रतियोगितामा करकापले कनिकुथी कोरेका हरफहरूले उनलाई उक्त प्रतियोगितामा प्रथम स्थान दिलायो। पछिल्ला दिनहरूमा भित्तामा फ्रेम हालेर सजाएको त्यो प्रमाणपत्रनखाउ भने दिन भरीको शिखार, खाउ भने जेठाजुको अनुहारझै भयो अन्ततः निरन्तर साहित्य साधनामा लागिरहे।

नेपालका विभिन्न भागहरू, बाहिरी मुलुकमा रहदा आफ्नै गाउँपाखाका कुनाकन्दरामा डुल्दाका अनुभवहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गरेर मात्र मन शान्त भएन। जागिरे जीवनमा देखेका, भोगेका अनुभव गरेका वास्तविकताको उदाहरणलाई मर्न दिनुभएन भन्ने लागेपछि ति कविताहरुको स्तरसुहाउदो प्राज्ञ रमेश पौडेलको आवरणमा रहेर ढिलो छाडो भएपनि उनको दोस्रो कृतिका रुपमा देशान्तर कविता सङ्ग्रह पाठकका हातहातमा पुगिसकेको छ। उनको हेरौं वर्षिको लोकतन्त्र शिर्षकको एक कविताः

बाबु अचेलत कुनै सेना पनि आउँदैनन्

सुन्छु लोकतन्त्र आयो रे

कसैलाई खर्च पालो लगाउन पनि पर्दैन,

भन्छन् लोकतन्त्र आयो रे

बरू, तिमीले भेटेको भए लोकतन्त्र,

पठाइदिनु गाउँघरतिर

एक झल्को देख्न मन लागेको छ। (पृष्ठः )

दैनिकीको दालचामलका लागि जुम्लाको खरड्डामा रहेको बेला वि.. २०६४ साल वैशाख ११ गते लेखिएको उनको यो कविताले नेपालमा चलेको जनयुद्धपछिको जनआन्दोलनको समयकाललाई सड्ढेत गरेको छ। हिजो खर्च पालो लगाएको आज कोही नआएको मात्र होइन। लोकतन्त्र आएको अरे कस्तो ? देख्न मन लागेको भनेर सोझो गाउँले पुकारलाई व्यक्त गरिएको छ। खलड्डाको जनजीवनमा भोगेका देखेका कथा व्यथा कविता सङ्ग्रहको दोस्रो कविता बनेको छ। यो कविताले एकपटक त्यही गाउँमा आमाबुबासँग साक्षात्कार गरेको आभाष दिलाएको छ। साच्चै विज्ञानमा जन्मिदैमा, अर्थशास्त्रमा हुर्किदैमा प्रशासनमा मौलाउँदैमा कवि नहुने भन्ने कुरा होइन। स्रष्टा पौडेलले आफूलाई कवि नभएको अनुभव साटासाट गरेको बताए पनि उनका सिर्जनामा कवितामा हुनुपर्ने गुणहरू रहेका छन्। जिन्दगीको यात्रा अनकन्टार दोबाटोमा हिडाउँदा जिन्दगीको गाडि कुन गन्तव्यमा पुग्ने हो कसैलाई थाहा नभएजस्तै भयो कविलाई पनि। उनको मनमा यस्तो भाव आयो पहिलो कविता सिर्जना गरेको आठ वर्षपछि सन्तोष लिएर आउँदैछु भनेर कविता कोरे। जुन बेला उनी मुगुबाट पोखरामा झरेका थिए। हेरौं उनको सन्तोष लिएर आउँदैछु कविताको एक अंशः

भिरबारीका फोहोटामा तोरी कस्तो भएको ? कुन्नी

गरियो नभएनि चौंठीमा तेल भरी राख्नुहोला,

सन्तोषलाई चुप्रनु पर्नेछ।

किनकि, मैले हजुरलाई सन्तोष दिनेछु। (पृष्ठः२४)

उनी Çनो घरपरिवारलाई केही दिन नसकेको कारण छिट्टै गरी सन्तोष दिनेछु भनेका छन्। कविले मिठो बिम्बको प्रयोग गरेका छन् यहाँ। यति मात्र होइन Çनो जागिरका शिलशिलाका कुरादेखी लिएर गाउँमै छदाँ घटेका घटनाहरूले पनि चिन्तामा पारेको छ। क्वितामा देशमा शान्ति अग्रममनका लागि भनेर हिजो राज्य अन्य पक्षबीच भएका दुःखद प्रसङ्गहरू पनि आएका छन्। नेपालको दशवर्षे जनयुद्धकालको समयपछि जन्मेको कान्छो छोरो लोकतन्त्रले नेपाल आमाको सुख खुशीका लागि केही गर्ला भन्ने आशा भरोसा पनि कवितामा व्यक्त गरिएको छ। हिजो झारखोलाबाट अमरावति ठानेर गएको काठमाडौं देखेपछि वितृष्णा जागेको उनमा कविता लेखेका छन्। कहिले प्रकृतिप्रेमी बनेर कविता सिर्जना गर्छन, कहिले भावनामा बहकिदै। उनी रारातालको सेरोफेरोमा रम्दा त्यहीको प्रकृतिको वर्णन गरेर पनि कविता लेखेका छन्। हिजो डुलेका पाखा पखेर आज सम्झदा के के होला भनेर हिजोको कान्तीपूरमा आफूलाई झारेको आज त्यही कान्तिपूर क्रान्तिपूर बनेपछि चिन्तामा डुबेका छन्। त्यही अहिलेको क्रान्तिपूरमा बसेर वि.. ०६२÷०६३ को जनआन्दोलनको स्वादलाई नियालेका मात्र होइन। राज्य सत्ताबाट भएको अत्याचार, अन्याय दमनलाई देख्दा मुटुमा भक्कानो फुटेपछि वि.. ०६३ सालको वैशाख १७ गते कविता लेखेका छन् अब पर्दछ ... ... ∕ उनको ...ले के संकेत गरेको , उनैले जानेका होलान। हामीले यहाँ बुझ्न खोज्ने धृष्टता गरियो भने अर्थको अनर्थ पनि लाग्न सक्छ। इमान्दारिता विदेशतिर पलाएन धुत्याई नेपाल भित्रीएको कारण सर्वसाधारण जनताले दुःख पाउनु परेको तितो सत्य पनि ओकेलेका छन् आफ्ना कवितामा। नेपाल आमाको स्वाभिमानलाई उचो राख्नका लागि ज्यानको आहुती दिएर लडेका वीर सहिदहरूको सम्झनामा पनि उनले सहिदलाई सलाम शिर्षकमा कविता लेखेका छन्।

देखेका, सुनेका नजिकैबाट नियालेका कथावस्तु मात्र होइन। आफ्नै दैनिकीमा परेको तितो यर्थाथतालाई पनि कविताको रूप दिएका छन्। उनी वि.. २०३९ वैशाखमा मुगुमा रहदा भोगेको यथार्थ होला। ओच्छयानमा शिर्षक दिएर कविता लेखेका छन्। जसलाई सरसर्ती अध्ययन गर्दा सबैको मन धरक्क धाजा फाटेर आउछ। जुन मुगुमा रह्दा आफूले भोगेको कथाको नुतन प्रस्तुती पनि हो। यात्रा संस्मरणमा बालबच्चा श्रीमतीले आफ्नो शिर उचो हुने काम गरेर नाम राखिदिए हुने थियो भन्ने आफ्नो धोको राख्दै जे भएपनि यो नयाँ वर्ष शुभ रहोस्, बन्द चक्काजाम, हडताल बन्द होस् भन्ने चाहना राखेका। आफूलाई व्यङ्ग्यवादी कविको रूपमा पनि प्रस्तुत गरेका छन्। पछिल्लो समय नेपाली टायम भनेर उपेक्षा गरिने गरेको सन्दर्भलाई उनले नेपाली टायम शिर्षकको कविता लेखेर नै व्यङ्ग्य प्रहार गरेका छन्। समाजको रूढीवादी संस्कारका कारण आम नेपालीले गोता खानुपरेको कुरालाई पनि समेटेका छन्।बोलेर बाठो, दगुर्दै छिटो, स्वाद मिठो मसला, खौरेर मसिनो हुँदैन’ (पृष्ठः७९) स्याँर्कोटेले २०३८ असोज १७ गते आफ्ना साथीको सम्झनामा लेखिएको गीत मेरो यामु निकै ह्दयविधारक छ। गाउँले जनजीवनको कारूणिक चित्कार प्रस्तुत गरेका छन्। यामु एसएलसीको जाँच दिन भनेर हिडेको थियो। पुलको फलिको चिप्लिएर खसी मरेको छ। सास लासको अत्तोपत्तो भएपछि धेरै तल उसलाई मृत अवस्थामा भेटिएको छ। यस्तै अर्को कारूणिकताको नमूना लेखककै ज्वाई रमेश क्यान्सर रोगबाट मृत्युवरण गर्न पुगेका छन् उनको सम्झनामा उस्तै ह्दयविधारक कविता लेखेका छन्। कही पारिवारिक समस्यालाई विषयवस्तु बनाएर बगेका छन्, कही प्रकृतिलाई। यस्ता कारूणिक कविता मात्र होइन। उनले तिखेचुलीको भिरलाई पनि सम्झेका छन्। कयौं पटक त्यो भिरको बाटो हुँदै झारखोलामा झरेको हुनुपर्छ लेखक त्यसैले उनले तिखेचुली कविता लेखेका छन् त्यहाँको परिवेशलाई टपप्क टिपेर। उनी निकै रमाइला पनि छन् त्यसैले रमाइला रमाइला गीतहरू पनि लेखेका छन्। हेरौं उनका ठटयौला गीतहरूःछयाप्प काटी नियाली चुइयो, लाग्छ माया लागेर काँ पुइयो (पृष्ठः १०६), स्कुल खुले मास्टर छैन, मास्टर भए किताब, क्वै चलाउँछन् क्यालकुलेटर, जान्दिन हिसाब (पृष्ठः १०७) यसबाट उनी रमाइला कवि पनि हुन्। उनका वर्तमानलाई कविताको कसीमा ढाल्न सक्ने क्षमता रहेको पाइन्छ।¬

सवल पक्षः

देशान्तरका ५० वटा कविताहरूको निचोडले महाकाव्य बन्न सक्छ। तर महाकाव्य बनाउनु जरूर छैन। सम्पूर्ण कविताहरू राम्रा सुन्दर छन्। हुँदाहुँदा पनि पाठकीय विचार राख्नुपर्ने हुन्छ। कविताका विषयवस्तुको विविधताले शिर्षक साथक रहेको छ। कविताहरू मुक्तक संरचनाकादेखि लिएर पृष्ठसम्म फैलिएका कविताहरूको सिर्जना गर्नु सबल पक्ष हो। अझ त्यो भन्दा उत्कृष्टता उनले लोकलयलाई टपक्क पिटेका छन्। टिपीसकेपछि आफूपनि सँगसँगै आफ्नो कलमलाई बगाएका छन्। लोकलयलाई पहिलो प्राथमिकता दिनु त्यसपछि गद्यलयका कविताहरू लेख्दै शास्त्रिय छन्दसम्म पुग्न खोज्नु सबल पक्ष हुन। किनकि जुनसुकै व्यक्तिले स्तरोन्नतिको सपना देखेको हुन्छ। यहाँ स्याँर्कोटेले पनि लोकलयलाई कण्ठास्थ प्रारेपछि अन्य लयविधानको अपेक्षा राखेका छन् आफ्ना कवितामा। अग्रसर हुन खोज्न आफैमा सबल पक्ष हो। यस्तै एउटै कविता सङ्ग्रहमा भावमा विविधता दिनसक्नु। पारीवारिक पृष्ठभूमीको दुःखमा पनि सामेल हुनु, उत्ति खेरै साथीभाइको रड्डरस रमाइलोमा समय बिताउनु, नीजि, पारिवारिक राष्ट्रिय सन्दर्भलाई एकै ठाउँमा राखेर आफ्नो सबल कला पक्षलाई पनि प्रदर्शन गरेका छन्।

दुर्बल पक्षः

नेपाल सरकारको प्रशासन उप सचिवजस्तो पदभार ग्रहण गरी सकेका स्याँर्कोटेले आजसम्मका सही सिर्जनाको सही मूल्याङ्कनका लागि लेखकिय दायित्व बोध गर्नुपर्ने मुख्य चुनौती बनेर आएको छ। माथि उल्लेख गरिएका राम्रा सवल पक्षहरू भए पनि केही कमीकमजोरीहरू अवश्य छन्। जहाँ पनि सबल दुर्बल पक्षहरू हुन्छन्। उनले कविता बनाउन खोजेका कतिपय विषयवस्तुहरू अकविता बनेका छन्। कविता बन्न खोजेका बन्न नसकेका कविताहरू रहेका छन्। यो उनको दुर्बल पक्ष हो। बढीभन्दा बढी आगन्तुक शब्दको प्रयोग गर्नु उनको बाध्यता जस्तो देखिएको छ। किनकि सम्पूर्ण कवितामा अन्त्यानुप्रासको मिलन गराउने पहिलो प्राथमिकता बनेका कारण आगन्तुक शब्द बढी प्रयोग भएका छन्। यो दोस्रो दुर्बल पक्ष हो। अन्य दुर्बल पक्षहरू पनि रहेका छन्। कविता सङ्ग्रहमा केही उनका भावना मात्र रहेका छन्। जसले कविता विधाको रूप धारण गरेका छन्। स्वतन्त्र संरचनाका मुक्तकका। त्यसैले विधागत भावको राम्रो व्यवस्थापन भएन भने साहित्यप्रति कुठाराघात हुनपुग्छ। जसले गर्दा आगामि दिनको लेखनीमा कमजोर पक्षलाई अग्र स्थान दिएर आउछ। त्यसले कहिल्यै पनि लेखकिय उत्तरदायित्व बोध गराउन सक्दैनर समयमै सजक हुर्दै अगाडि बढ्नु समयको माग हो। उनी नेपाली भाषाको सन्दर्भमा शिशु कक्षामा भर्ना भएका छन् त्यसैले उनलाई नेपाली भाषाको राम्रो ज्ञान छैन। बल्ल जिब्रो फड्कारिएको अवस्था जस्तो अनुमान गर्न सकिन्छ। व्यवस्थापकिय सन्दर्भमा पाँच कक्षाको जिल्लास्तरिय परीक्षा पास गरेका छन्। यस्तै सूचनाजन्य सन्र्दभमा उनी आठ कक्षाको जिल्लास्तरिय परीक्षाको तयारी गरिरहेका छन्। चाहदा चाहदा पनि त्यस्ता प्रसङ्गहरूमा केही अस्पष्टता रहेको पाइन्छ उनका कवितामा। ती अस्पष्टता हट्नका लागि त्यो परीक्षा पास गर्नु आवश्यक छ। जसका लागि कडा परिश्रम गर्नु जरूर बनेको छ। एउटा लेखकले आफ्नो लेखनीका गुण दोष के के हुन् भनेर स्पष्ट छुटयाउन सकेन भने अर्काले फुक्याएको भरमा भोलि खाल्टोमा पर्ने समय आउनसक्छ। त्यसैले त्यस्ता कुराबाट आफूलाई सजक बनाएर अगाडि बढाउनु पर्ने वर्तमानको माग हो। जसबाट आफू बच्न सकिएन भने साहित्यको साहित्यिक मर्म मर्न पुग्छ।

प्रवृत्तिः

अधिकांश चलनचल्तीमा रहेका ¥रा शब्दहरू लोक झ्याउरे छन्दका कविताहरू सिर्जना गर्नु मुख्य प्रवृत्ति होे। लेखनमा समध्वन्यात्मक अन्त्यानुपास्रको मिलनलाई व्यापक जोड दिएको छ। शासनका ढिलासुस्ती, मुलुकको अवस्था, शान्ति प्रगतिको चाहना उनका कविताको विषयवस्तु समेटनु मुख्य विशेषता बनेको छ। वर्तमानमा जर्जर रहेको मुलुकको अवस्थालाई सलल्ल बग्ने, सरल नरम भाषाको माध्यमबाट व्यक्त गर्ने कुशलता उनमा छ। आफूले देखेको, भोगेको समाजको वस्तुगत चित्रण गर्नु उनको अर्को प्रवृत्ति हो। विकृति विसड्डतिहरू निर्मूल हुनुपर्छ भन्ने खालका स्वर उराल्नु। आजका नेताहरू जसले मैले भनेको हुनुपर्छ भन्ने स्वार्थीका लागि विद्रोहको स्वर ¥र्नु। सधै नेताहरूको चाकडी गरेर हुँदैन भन्नु। देशप्रेमी मातृभूमिप्रेमी कवि, अन्याय गर्नु सहनु हुँदैन त्यसैले सके सपारौं नसके नबिगारौं भनेर साहित्य साधनाका माध्यमबाट समाज रूपान्तरणको सपना बोक्नु उनको मूख्य प्रवृत्ति रहेको छ। उनका कविताहरूमा बिम्ब प्रतिकको प्रयोग सान्दर्भिक रूपमा भएको छ। मौलिक शिल्प शैलीका कविता एकातर्फ भने अर्कोतर्फ भार्षिक विविधता, खसीया आखरार्थ, अंग्रेजी नेपाली शब्द प्रयोग गरेर सबैलाई खसीया आखरार्थ भाषाको ज्ञान पनि दिलाएका छन्।

लेखका सिमाहरुः

स्याँर्कोटेको व्यक्तिगत परिचय, रूचि, वर्तमानसम्म आउदाका तितामिठा देशान्तर कविताको सारलाई प्रष्ट पार्ने जर्मको गरियो। स्याङ्जाको चिलाउनेबास, झारखोलाको स्याँर्कोटमा जन्मेका पौडेलसँग भलाकुसारी गर्न पाएको धेरै भएको छैन। त्यसको केहीपछि वि.. २०६६ सालमा भेषजराज साहित्य प्रतिष्ठान वालिङको कवि गोष्ठीमा साक्षात्कार गर्न पाए पनि पहिलो साहित्यिक कृति निरूलाई चिठी प्रबन्ध अध्ययनमा पर्न सकेको छैन। उनीसँग धेरै समय हेलमेल हुन नपाउनु पहिलो कृतिको अध्ययनको अवसर नमिल्नु यो आलेखका सिमाहरू हुन्।

निष्कर्षः

देशान्तर कवितामा प्राकृतिक, मानविय इच्छा आकाङ्क्षाहरू व्यक्त गर्दै ३४ वर्षे समयको सेरोफेरोमा उनका अनुभूतिहरू कविता बनेर हिडेका छन्। भावमा एकता नपाइनु उनका कविताको विशेषता हो। जहाँ जागिरे जीवनका अनुभूतिहरू समावेश गरिएको छ। कवितामा समय सामाजिक चेतना सवल रूपमा प्रस्तुत गरिएको छ। देशलाई अन्याय अत्याचारबाट मुक्त गर्न सधै तटस्थ रही अन्याय भएको हेरेर हुँदैन। अब त्यसका लागि जाग्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ। असल कविमा हुनुपर्ने गुणहरू उनमा पाइन्छन्। जसको लक्षण देखाइसकेका छन्। वर्तमानमा वकितम् भन्दा लिखितम्लाई मान्यता दिने समाजमा देशान्तर सबुद प्रमाण बनेको छ। यो कृति जुगजुग धेरै कालसँग जीवन्त रहने छ। कवितामा आधुनिकताको प्रवर्तन गर्ने विषयगत विविधता, दुःखान्त सुखान्त, राष्ट्रप्रेम, देशप्रेम, लघुदेखि वृहत आकारसम्मका कविता रचना गर्नु, द्धन्द्धप्रधानता, लोकशैली, दार्शनिकता, समस्यामुलकता, परम्परागत प्रवृत्तिप्रति व्यड्डय, प्रहसनको चोटिलो मिश्रण, बाÞयान्तरिक द्धन्दको विधान, प्रेम विवाहसम्बन्धीको दृष्टिकोण, सामाजिकता, मनोविश्लेषणात्मकता, प्रगतिवाद, समस्याकेन्द्रित, युगबोध, मानवतावाद, अन्तराष्ट्रिय एवम् राष्ट्रिय सन्दर्भ परिवेशको चर्चा, सूक्ष्म झिनो विषयको गहन अध्ययन चिन्तन, धार्मिक एवम् सामाजिक मुल्य मान्यताप्रति आस्थावान रहनु उनका प्रवृति हुन्। त्यसैले स्याँर्कोटे यो समिक्षकको आशालाग्दा प्रतिभा बनेका छन्।

( जेठ, २०६९)

 

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |