हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

११औँ कोठे कविता गोष्ठी सम्पन्न ,(बासु श्रेष्ठ)

११औँ कोठे कविता गोष्ठी सम्पन्न

बासु श्रेष्ठ

 

विगत डिसेम्बर २०१० देखि आरम्भ भै हरेक दुइ दुइ महिनामा दुइ महिनाभित्र लेखिएका कविताहरुकासाथ हुने गरेको गोष्ठीको एघारौं शृंखला गोष्ठीका सदस्य मित्र बसन्त श्रेष्ठको स्प्रिंगफिल्ड भर्जिनिया स्थित घरमा अगस्त २६, २०१२ का दिन रमाइलो वातावरणमा सम्पन्न भयो | 

झन्डै ३.३० बजे शुरु भएको सो गोष्ठीमा आयोजक बसन्त श्रेष्ठले सबैलाई स्वागत गर्दै पहिलो चरणको कविता वाचन आरम्भ गरे | त्यसपछि आयोजकको दाँया हुँदै क्रमशः प्रकाश नेपाल, कपिल सिटौला, गोपाल रेग्मी, हेमन्त श्रेष्ठ, गोविन्द गिरि प्रेरणा, रमा सिंह (भूपु समाचार वाचिका-नेपाल टेलिभिजन-अतिथि), शरद निरोला, मोहन जोशी, गोविन्द सिंह रावत (अतिथि–क्यानाडाबाट), होमनाथ सुबेदी, मंजु निरोला (अतिथि), नारायण अधिकारी, सुदिपभद्र खनाल तथा बासु श्रेष्ठले आआफ्नो कविता वाचन गरेका थिए | त्यसपछि नेपालबाट आइरहेका साहित्यकार गोकर्ण खड्कालेपनि केहि मन्तव्य सहित आफ्नो कविता वाचन गरेका थिए | 

गोष्ठीका संयोजकको हैसियतले बासु श्रेष्ठले कविता वाचन गर्नु अघि आयोजक बसन्त श्रेष्ठ तथा वहाँकि श्रीमती विद्या श्रेष्ठलाई आतिथ्यकोलागि तथा छायांकन गर्ने नेपाल अमेरिका टेलिभिजनका टोली रमा सिंह तथा बालकृष्णलाईपनि धन्यवाद दिएका थिए | 

चमेना तथा हल्का पेयकासाथ शुरु भएको सो पहिलो चरणमा वाचन गरिएका कविताहरुको समिक्षा गर्न सपत्नी क्यानाडाबाट आएका साहित्यकार डा. गोविन्दसिंह रावतलाइ जिम्मा दिइएको थियो | सोहि अनुसार पहिलो चरणको अन्तिममा उनले सबै कविताको छोटो, मीठो र सटिक समिक्षा गरेर प्रशंसा बटुलेका थिए | 

केहि छोटो विश्राम पछि दोश्रो चरणमा उल्लेखित सबै कविहरुले फेरी आआफ्नो कविता सुनाएपछि पुनः चमेनाको रुपमा मम उपलब्ध गराइएको थियो |  

गोष्ठीको १२ औं शृंखला सदस्य नारायण अधिकारीको उडब्रिज स्थित घरमा अक्टोबरमा गरिने निधो भएको छ भने त्यसै गरि १३ औं शृंखला सदस्य शरद निरोलाको मेरिल्याण्ड स्थित घरमा हुने निधो भएको छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |