हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जैमली पुरस्कार शर्मा र सङ्केतलाई ,(खसखस संवाददाता )

प्रेस विज्ञप्ती                        मितिः २०६९//१०

 

              

 घरदेश र परदेशका स्रष्टा, सिर्जना र कृतिलाई सम्मान  र पुरस्कृत गर्ने उद्देश्यले गत वर्ष स्थापित जैमली साहित्य पुरस्कार कथाकार घनश्याम शर्माको कथा कृति छिरिङ डोल्मा र अनाम सहिदहरूर जैमली डायस्पोरा साहित्य पुरस्कार निवन्धकार केदार सङ्केतद्वारा सम्पादित यात्रा स्पर्शलाई प्रदान गर्ने निर्णय गरिएको छ । हरिप्रसाद पौड्याल स्मृति कोषद्वारा कथाकार शिवप्रकाशको कथा कृति जैमलीको नाउँमा स्थापित जैमली साहित्य पुरस्कारको राशी रु. १५,०००/र जैमली डायस्पोरा पुरस्कारको राशी रु. १०,०००/सहित ताम्रपत्र रहेको छ । घरदेश र परदेशका स्रष्टाहरुका विभिन्न विधाका तीन दर्जन कृति मध्येबाट पुरस्कार चयन कमिटीले यी दुई कतिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कथाकार घनश्याम शर्माको कथा कृति साझा प्रकाशनले प्रकाशित गरेको हो भने निवन्धकार केदार सङ्केतद्वारा सम्पादित नियात्रा सङग्रह साहित्य संगालो डट कमले प्रकाशित गरेको हो । गत वर्ष बैशाखमा मोटर साईकल दुर्घटनामा परी अचेत अवस्थामा रहनु भएका कथाकार घनश्याम शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्छ । दुवै पुरस्कार निकट भविष्यमै काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ ।

 

रमेश पौडेल

सदस्य सचिव

हरिप्रसाद पौड्याल स्मृति प्रतिष्ठान

काठमाण्डौ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |