हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

न्यू योर्कमा 'सृजनाका यात्राहरु' को चौंतिसौं श्रृङ्खला सम्पन्न,(खसखस डट कम सम्वाददाता)

न्यू योर्क,न्यू योर्क सहरमा हरेक महिनाको पहिलो आईतबार सम्पन्न हुने साहित्यिक कार्यक्रम 'सृजनाका यात्राहरु' को चौंतिसौं श्रृङ्खला र अक्टोबर महिनाको प्रस्तुति न्यू योर्कको ज्याक्सन्हाईट्सस्थित पूर्व चौतारी रेस्टुरेन्टमा नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति तथा नेपालका राष्ट्रीय गानका संगीतकार अम्बर गुरुङको प्रमुख आतिथ्यमा कवयत्री परीता राजभण्डारीको एकल वाचनकासाथ गत आईतबार सम्पन्न भयो ।
उक्त साहित्यीक कार्यक्रममा ज्योति पौडेल, कमला प्रसाई,बिकास बिष्ट,शाहदेव पौडेल,बिनोद रोका,मणि बाङ्देल,मनु लोहोरुङ राई,नगेन्द्र ईङ्नाम “आठराईली”,बद्रि पौडेल,रामचन्द्र थापा,हरी बहादुर थापा,राजेन्द्र श्रेष्ठ र पुष्पा अधिकारी गौतमले आ- आफ्ना साहित्यीक सृजनाहरु वाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कुलपति आम्बर गुरुङले एकल वाचक कवयत्री राजभण्डारीलाई प्रमाण-पत्र वितरण गर्दै आफ्नो मन्तब्य राख्ने क्रममा प्रमुख अथिति कुलपति गुरुङले विदेशमा रहेर पनि यसरी नेपाली भाषा साहित्यको उत्थानमा लागी परेका न्यू योर्कवासी साहित्य सर्जकहरुमा बधाई तथा शुभकामना अनि आभार ब्यक्त गर्नु भएको थियो | वहाँले भन्नु भयो साहित्य समाजको गहना हो, समाजलाई बचाउने आधार हो वास्तवमा साहित्यले सबै ठाउँ ओगटेको हुन्छ । मालवाहक ट्रकको पछाडि लेखिएका मुक्तकहरुको प्रसंग निकाल्दै आफुलाई याद भएको एउटा मुक्तकको हरफ " न स्वास्निको मायाँ न त सालीको प्यार, डाईभरको जिन्दगी बेकार छ यार" सुनाएर साहित्यले अल्झाएको यो समाजको मीठो तरीकाले वर्णन गरेका थिए ।
न्यू योर्कमा रहेका साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको यसपटकको 'सृजनाका यात्राहरु' कार्यक्रम कवि मणि बाङ्देल र अन्तरराष्ट्रिय साहित्य समाज न्यू योर्क च्याप्टरका सचिव बिकास बिष्टको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो ।
सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको "श्रृजनाका यात्राहरू" प्रत्येक महिनाको पहिलो आईतवार आयोजना हुने कार्यक्रममा सन् २०११ को अगस्ट महिनाबाट कवि बिनोद रोका पहिलो एकल कविता वाचनबाट एकल कविता वाचनको श्रृङ्खला शुरु भएको हो । त्यसपछिका कविहरुमा क्रमश: डा. गोबिन्द कोइराला, ज्योति पौडेल, कमला प्रसाई, तीर्थराज बराल, देबेन्द्र साम्बाहम्फे लिम्बु, कवि तथा पत्रकार गोबिन्द गिरी प्रेरणा, मनु लोहरुङ राई, गीता खत्री, बसन्त श्रेष्ठ, स्नेह सायमी र लक्ष्मी माली, कवि वसन्त चौधरी तथा आङ जाङ्बु शेर्पाले तेत्तिसौं श्रृङ्खलासम्ममा एकल कविता वाचन गरी सकेका छन् ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |