हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तेह्रौं कोठे गोष्ठी सम्पन्न ,(बासु श्रेष्ठ)


आज
जनवरी १२, २०१३ का दिन मेरिल्याण्ड स्थित सदस्य शरद निरोलाको घरमा तेह्रौं कोठे गोष्ठी सम्पन्न भयो | सो गोष्ठीमा सदस्य शरद निरोलाबाट पहिलो चरणको कविता वाचन आरम्भ गरिएको थियो भने क्रमशः सिता पाण्डे, गोपाल रेग्मी, मोहन जोशी, रजनी श्रेष्ठ, सुदिपभद्र खनाल, बासु श्रेष्ठ, हरी घिमिरे, प्रकाश नेपाल, कपिल सिटौला, होमनाथ सुबेदी तथा रविन्द्र श्रेष्ठबाट -आफ्ना नयाँ कविता वाचन गरिएको थियो | प्रचलन अनुसार प्रत्येक कविता वाचनपछि समिक्षा, टिका टिप्पणीपनि गरिएको थियो
|
केहि छिनको विश्रामपछि दोश्रो चरणको कविता वाचनमा पहिले कै क्रममा वाचन गरिएपनि समिक्षा भने गरिएको थिएन
|
सदस्यका सर्व सम्मतबाट निनाम्नुसार केहि निर्णय गरियो:
साहित्यकार, कवियत्री सिता पाण्डे तथा रजनी श्रेष्ठलाई सदस्यको रुपमा गोष्ठीमा आमन्त्रण गरिएको प्रस्तावमा सबैले समर्थन जनाएका थिए भने दुवै आमन्त्रितहरुले सदस्यता स्विकार गरे | दुवै नव सदस्यलाई पुन स्वागत
|
यस गोष्ठीमा सदस्य गोविन्द गिरि प्रेरणाको अनुपस्थित रहे ता पनि चौधौं गोष्ठी फेब्रुअरी महिनामा निजको मनासस स्थित घरमा हुने जानकारी प्रेरणाको तर्फबाट सदस्य बासु श्रेष्ठले दिए |
चमेना तथा मीठा खाना सहित न्यानो आथित्य प्रदान गर्नु भएकोमा सदस्य शरद निरोला तथा श्रीमती मंजु निरोलालाई सबैले प्रशंसा तथा धन्यवाद ज्ञापन गरे |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |