हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

लघुकथा कुनोको प्रथम वार्षिकोत्सव कार्यक्रमको खबर,(नारायण तिवारी )

फेब्रुवरी ११, २०१२ मा स्थापित यस ‘लघुकथा कुनो’ले आफ्नो स्थापना भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा हिजो मिति २०६९ फागुन ५ गते शनिबारका दिन आफ्नो वार्षिकोत्सव कार्यक्रम लघुकथा वाचन, वाचन गरिएका लघुकथाहरूमाथि समीक्षात्मक टिप्पणी, लघुकथा कुनोको वार्षिकोत्सवको अवसरमा ११ फेब्रुवरीमा लघुकथा कुनोमा पोस्ट भएका लघुकथाहरूमाथि समीक्षात्मक टिप्पणी एवम् सहभाग...ी लघुकथाकारहरूद्वारा अन्तरकृया गरी मनाएको छ । कार्यक्रम कौशलटार, भक्तपुरमा सम्पन्न गरिएको थियो ।

लघुकथा लेखनमा जागरण ल्याउने मुल उद्देश्यका साथ लागिपरेको यस लघुकथा कुनोको कार्यक्रमलाई आयोजन गर्न सहयोग पुर्याउनु भएको थियो साहित्यकार दिव्य गिरी र यसै लघुकथा कुनोका ‘एड्मिन’ (सञ्चालक) समेत रहनु भएका अर्का साहित्यकार राजन सिलवालले ।

कार्यक्रमलाई लघुकथा वाचन, वाचन गरिएका लघुकथाहरूमाथि समीक्षात्मक टिप्पणी, लघुकथा कुनोको वार्षिकोत्सवको अवसरमा ११ फेब्रुवरीमा लघुकथा कुनोमा पोष्ट भएका लघुकथाहरूमाथि समीक्षात्मक टिप्पणी एवम् सहभागी लघुकथाकारहरूद्वारा अन्तरकृया गरी सम्पन्न गरिएको थियो ।

लघुकथा वाचन गर्ने लघुकथाकारहरूमा दिव्य गिरी, नारायण तिवारी, धुव मधिकर्मी, रत्न कोजू, विमल भौकाजी, तुलसीहरि कोइराला, सुमन सौरभ, रासा, भरतकुमार भट्टराई, राजन सिलवाल, विपुल सिजापती, सरिता अर्याल, प्रभा बराल, ऋचा, प्रमोद ढकाल, आदि हुनुहुन्थ्यो भने वाचन गरिएका लघुकथाहरूमाथि समीक्षात्मक टिप्पणी त्रि.वि. कीर्तिपुरका नेपाली विषयका सह प्राध्यापक भरतकुमार भट्टराईले गर्नुभएको थियो ।

लघुकथा कुनोको वार्षिकोत्सवको अवसरमा ११ फेब्रुवरीमा लघुकथा कुनोमा पोस्ट भएका २६ लघुकथाकारहरूका २७ लघुकथाहरूमाथि टिप्पणी गर्नुभएको थियो राजन सिलवालले । यस्तो टिप्पणी गर्दा राजन सिलवालले पाठकहरूबाट लघुकथा कुनोमा पोस्ट भएका प्रत्येक लघुकथाहरूमाथि आएका टिप्पणीहरू मध्ये कुनै एक टिप्पणीलाई नै जस्ताको त्यस्तै वाचन गर्नुभएको थियो ।

राजन सिलवालले चितवनमा रहेबसेका लघुकथाकार एलबी क्षेत्रीको लिखित सुभकामना सन्देश तथा लघुकथाकार ऋचाको लघुकथा कुनोमा पोष्ट भएको लघुकथाका बारे क्षेत्रीद्वारा पठाइएको लिखित ‘लघु समीक्षा’ पढेर सुनाउनु भएको थियो ।

अन्तरक्रियामा लघुकथा वाचनमा सामेल सबै लघुकथाकारहरूका अतिरिक्त मनोज ओली र सम्झना ढकाल समेत सहभागी हुनु भएको थियो । सहभागी साहित्यकार विधान आचार्यले लघुकथालाई भाषागत सुद्धताद्वारा परिष्कृत गर्ने तर्फ ध्यान दिन आग्रह गर्नु भएको थियो । कार्यक्रममा केही छिनका लागि भए पनि साहित्यकार महेश प्रसाईँले समेत उपस्थिति जनाउनु भएको थियो ।

नचिनिएका, नदेखिएका, नभेटिएका लघुकथाकारहरू एकै थलोमा भेला हुने अवसर जुरेकोमा आफ्नो सारगर्भित उपस्थिति जनाइदिनु हुने सबै लघुकथाकार साथीहरूमा लघुकथा कुनोको तर्फबाट हार्दिक धन्यवाद !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |