हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

स्वर्णिमा साहित्य प्रतिष्ठानको कार्यक्रम,(खसखस डट कम)

बैशाख २८, २०७० काठमाण्डौँ |


स्वर्णिमा साहित्य प्रतिष्ठानको दोश्रो वार्षिकोत्सवको अवसरमा काठमाण्डौको प्रज्ञा भवनको एक प्रेक्षालयमा आयोजित कार्यक्रममा कथाकार चन्द्रकला नेवा तथा नव सिलवाललाई सम्मान तथा पुरस्कार वितरण कार्य सम्पन्न भयो ।

वरिष्ठ साहित्यकार तथा रचना मासिकका सम्पादक रोचक घिमिरेको सभापतित्व, वरिष्ठ आख्यानकार मदनमणि दिक्षितको प्रमुख अतिथि, समाजसेवी भद्रकुमारी घलेको विशेष आतिथ्य रहेको सो कार्यक्रममा उल्लेखित कथाकार व्दयलाई प्रमुख अतिथिबाट पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।


सोहि अवसरमा प्रतिष्ठानकी अध्यक्ष्या तथा कथाकार शर्मिला खड्का दाहालव्दारा लिखित दुई कृति ओ मेरा प्रेम फूलहरु तथा श्रष्टा समर्पणपनि विमोचन गरिएको थियो । पहिलो कृतिको बारेमा समालोचक तथा प्राध्यापक कृष्ण गौतम तथा दोश्रो कृतिको बारेमा प्राध्यापक डा.कृष्ण दाहालले बोल्नुभएको थियो ।

यसअघि पुरस्कृतव्दयले पुरस्कार तथा पुरस्कार दिने सँस्थाको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने वहाँहरुको बारेमा प्रमोद प्रधानले परिचय दिनुभएको थियो ।

मँचमा आसिन उल्लेखित सबै श्रष्टा बाहेक साहित्यकार प्रदिप नेपाल तथा अमेरिकाबाट हाल नेपाल भ्रमणमा रहेका खसखस डट कमका सँचालक बासु श्रेष्ठलेपनि कार्यक्रम र सँस्थाबारे मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको अन्त्यमा सँस्थाकी अध्यक्ष्या शर्मिला खड्का दाहालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम यादव भट्टराईव्दारा कुशलतापूर्वक सँचालन गरिएको थियो भने कार्यक्रमको समापन सभापति रोचक घिमिरेको मन्तव्यकासाथ भएको थियो । कार्यक्रमको अन्त्यमा जलपानको व्यवस्थापनि गरिएको थियो ।

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |