हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सोह्रौं कोठे कविता गोष्ठी सम्पन्न ,(खसखस डट कम)


(फोटो: रविन्द्र श्रेष्ठ)

जुन २२ कादिन वासिंगटनस्थित कोठे कविता गोष्ठीको सोर्हौ शृंखला सदस्य रजनी श्रेष्ठको घरमा सम्पन्न भयो | सदा झैं दुई महिनाभित्र लेखिएका कविताकासाथ उपस्थित भई कविता वाचन गर्ने सदस्य कविहरुमा रजनी श्रेष्ठ, हरि घिमिरे, प्रेम संग्रौला, बसन्त श्रेष्ठ, बासु श्रेष्ठ, प्रकाश नेपाल, राम प्रसाद खनाल, होमनाथ सुबेदी, गोपाल रेग्मी, कपिल सिटौला, सुदिपभद्र खनाल तथा रविन्द्र श्रेष्ठ थिए |

हलुका चमेना ग्रहण पश्चात आयोजक रजनी श्रेष्ठको कविता वाचनबाट आरम्भ भएको सो गोष्ठीमा प्रत्येक कविका कविताप्रति सबैले आआफ्ना विचारहरु राखेका थिए | तत्पश्चात, दोश्रो चरणमापनि अधिकाँश कविले कविता पाठ गरेका थिए |

सो गोष्ठीमा वरिष्ठ साहित्यकार शिव प्रसाद सत्याल 'पीठ'कोपनि उपस्थिती रहेको थियो | 

सत्रौं गोष्ठी सदस्य हरि घिमिरेको घरमा हुने निर्णय गरिएको छ | स्मरण रहोस वहाँले यस अघि सन् २०११ फेब्रुअरीमा पनि गोष्ठीको दोश्रो शृंखला आयोजन गरिसक्नु भएको छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |