हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अन्तरराष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको डिसीमा हुने ,(समाचार प्रतिनिधि)

ए. एन. ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अमेरिकाको वाशिंगटन डिसीमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ | प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो|

आगामी जुलाईमा डिसी मेट्रोमा हुने.ए  एन. ए को  ३२ औं सम्मेलनका अवसर पारेर गरिने उक्त सम्मेलनमा नेपाली साहित्यका प्रतिनिधि व्यक्तित्वको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ

तीनदिने सम्मेलनमा कार्यपत्र प्रस्तुत, कविता बाचन तथा अन्तरक्रिया लगायतका कार्यक्रम रहने छन| यसैगरि बैठकमा प्रतिष्ठानले हालै मात्र बैधानिकता प्राप्त गरेको जानकारी गराउदै वर्तमान  कार्य समितिलाई नै आगामी कार्यकालकालागि निरन्तरता दिने निर्णय पनि गरेको छ | बैठकले हालै न्युयोर्कमा सम्पन्न अन्तरराष्ट्रिय कविता प्रतियोगितामा पुरस्कृत कबिहरू नेपालमा नै रहेकाले यथासिघ्र काठमाडौँमा कार्यक्रम गरि पुरस्कार समर्पण गर्ने निर्णय पनि गरेको छ| प्रतियोगितामा पदम गौतम , हरिमाया भेटवाल, ईश्वरमणि  अधिकारीले क्रमश: प्रथम, दितीय र तृतीय भै एक हजार, तीनसय र दुईसय डलर नगद पुरस्कार प्राप्त गरेका थिए. |

बैठकमा प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठ, उपाध्यक्ष विनोद रोका,  महासचिव हेमन्त श्रेष्ठ तथा सदस्यहरू गोविन्दसिंह रावत, गोबर्धन पूजा, बिटु केसी ,कृष्णमुरारी ढुंगेल, निलम कार्की निहारिका लगायतको सहभागिता रहेको थियो|

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |