हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

स्रष्टा चौतारीको पन्ध्रौं शृङ्खला सम्पन्न ,(खसखस सम्वाददाता)

रोल्पा, कात्तिक १५
मासिक रुपमा सञ्चालन हुँदै आएको स्रष्टा चौतारीको पन्ध्रौै शृङ्खला बिहिबार लिबाङमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको संयोजनमा सम्पन्न कार्यक्रममा साहित्यकारहरुबीच शुभकामनाको आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा गौरीकिरण डाँगी, गायत्री घर्तीमगर, गोकर्ण पुन, चन्द्रा सुनार, दिलकुमारी बुढामगर दिलुले कविता, डी.बी. टुहुरो र विनोद डाँगीले मुक्तक, यम विरही, सगरमाथा रोकामगर, कमल विवश मगर, एन्जिला घर्तीमगरले गजल तथा सागर अविरल जिसीले गीत प्रस्तुत गर्नुभएको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजना तथा जिल्लास्थित विभिन्न क्रियाशील साहित्यिक संस्थाहरुको संयोजनमा स्रष्टा चौतारी कार्यक्रम हरेक महिना आयोजना हुँदै आएको छ । यस्तै स्रष्टा चौतारीमा वाचन भएका रचनाहरु स्रष्टा चौतारी हवाई पत्रिका रुपमा समेत प्रकाशन हुँदै आएको छ । हरेक महिना प्रकाशन हुने स्रष्टा चौतारीको अहिलेसम्म ७ अंक प्रकाशन भइसकेको छ ।
यसैबीच स्रष्टा चौतारीको सोह्रौ शृङ्खलाको संयोजन ललित साहित्य परिषद् रोल्पाले गर्ने निर्णय भएको राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष डी.बी. टुहुरोले जानकारी दिए ।
फोटोः कार्यक्रममा सहभागी स्रष्टाहरु ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |