हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मितेरीको सम्मान कार्यक्रम ,(खसखस सँवाददाता)

आज मङ्सिर ६ गते मितेरी नेपालले राजधानीमा एउटा स्वागत कार्यक्रमको आयोजना गर्र्यो | साहित्यकार गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष चन्द्रकला नेवारले गर्नुभएको थियो | कार्यक्रममा अमेरिकाबाट पाल्नुभएका मन्जु निरोला, रुसबाट पाल्नुभएका डा. मधु माधुर्य, क्यानाडाबाट पाल्नुभएका सपना गौतम, भियतनामबाट पाल्नुभएका सन्ध्या रेग्मी, इजरायलबाट पाल्नुभएका दीप्स शाहको सम्मान गरिएको थियो भने यी बाहेक त्यहाँ उपस्थित नभएका अरु केही साहित्यकार पनि सम्मान गरिने भन्ने कुरा घोषणा भएको थियो | सम्मान गरिएकाहरूको परिचय राधेश्याम लेकालीद्वारा दिइएको थियो भने उपस्थित सबैको स्वागत महेन्द्रबहादुर गुरुङले गर्नुभएको थियो | कार्यक्रममा करीब ३० जना साहित्यकारहरूको उपस्थिति थियो | विभिन्न कविद्वारा कविता वाचन पनि गरिएको कार्यक्रमको संचालन कवि यादव भट्टराईद्वारा गरिएको थियो |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |