हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अनेसासको तेश्रो अन्तरारष्ट्रिय सम्मेलन सम्पन्न,(खसखस सम्वाददाता)

 

भर्जिनिया, डिसेम्बर २: अनेसासको तेश्रो अन्तर्राष्ट्रिय दुइ दिने सम्मेलन भर्जिनिया राज्यको फेयरफ्याक्सको टाइसनस् कर्नरमा ६ बुँदे घोषणा सहित सम्पन्न भएको छ |
कथाकार सिता पाण्डेको संयोजकत्वमा सम्पन्न उक्त सम्मेलनमा नेपालबाट पूर्व मन्त्री मोदनाथ प्रश्रित, मदन पुरस्कार प्राप्त 'सेतो धरती'का लेखक अमर न्यौपाने, समालोचक खगेन्द्र लुइंटेल लगायतका साहित्यकारहरुको सहभागिता रहेको सो सम्मेलनमा विभिन्न पुरस्कार तथा सम्मानहरु प्रदान गरिएको थियो |
सम्मेलनमा कार्यपत्र प्रस्तुत, कविता गोष्ठी, वाल कविता प्रतियोगिता तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएका थिए |
व्यवस्थापनको कमि कमजोरीप्रति कतिपय सहभागीहरुले आलोचना गरिएको पाइए ता पनि सम्मेलन सफलतापूर्वक सम्पन्न भएको आयोजक पक्षले दावी गरेको छ | संयोजिका सित पाण्डेले कार्यक्रम संचालनमा देखा परेका कमी कमजोरीहरु  सहर्ष स्विकार्दै सो को जिम्मा आफुले लिएको बताइएको छ |

सोहि अवसरमा कथाकार निलम निहारिकाद्वारा लिखित नव प्रकाशित तथा पहिलो उपन्यास "अर्की आइमाई"को सत्र महिला मार्फत विमोचन गरिएको थियो भने अन्य पुस्तकहरुकोपनि विमोचन गरिएको थियो |

उक्त घोषणा यसप्रकार छ :

१)     डायस्पोरा र अनेक डायस्पोराको सिद्धान्त र प्रयोगबारे अध्ययन र अनुसन्धान गर्ने गराउने,

२)     विश्वका धेरै ठाउमा डायस्पोरा अध्ययन केन्द्र स्थापनातर्फ क्रियाशील रहने,

३)     अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का विभिन्न च्याप्टरहरुबीचको अन्तरसम्बन्धलाई स्पष्ट कार्ययोजनासहित मजबूद पार्दै आपसी समन्वय गर्ने गराउने,

४)     नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्न स्तरीय नेपाली कृतिहरु चयन गरी अनुवाद गर्ने गराउने,

५)     स्थापित नेपाली साहित्यकारहरुका सालिक निर्माण गर्न तथा भानु स्मारक भवन निर्माण गर्न क्रियाशील रहने र

६)     विभिन्न सामुदायिक संघ, संस्थाहरुबीचमा भाइचाराको सम्बन्ध कायम गर्दै अघि बढ्ने ।


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |