हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सत्यमोहन जोशीको शताब्दी महोत्सव मनाइने,(खसखस डट कम )


काठमाडौं
, २०७० मङ्सिर २४ गते,

त्रिमूर्ति निकेतनले निकेतनका मानार्थ सदस्य प्रा.डा.उषा ठाकुरको अध्यक्षतामा नेपाली भाषासाहित्यका अमरप्राज्ञ डा. सत्यमोहन जोशीको शताब्दी महोत्सव मनाउने निर्णय गरेको छ । सो महोत्सव उहाँको पन्चानब्बेऔं शुभजन्मोत्सव अर्थात् २०७१ साल बैशाख ३० गतेदेखि एक वर्षसम्म देशदेशान्तरमा मनाउने पनि निर्णय गरिएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न त्रिमूर्ति निकेतनको बैठकले सो निर्णय गरेको हो ।
शङ्करदास जोशी राजकुमारीका एउटै छोराका रूपमा जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो
              जोशी नेपाली संस्कृति, साहित्य भाषामा अनुपम व्यक्तित्वका रूपमा सुपरिचित हुनुहुन्छ  
             अरनिकोको अन्वेषण, खोज अनुसन्धानमा जोशीले चीनमा नै बसेर धेरै मिहेनत गर्नु भएको थियो अरनिकोलाई नेपालको राष्ट्रिय विभूति बनाउन पनि जोशीको गुरुत्तर भूमिका रहेको थियो त्योभन्दा अघि नै चिनियाँ सरकारद्वारा अरनिकोलाई मन्त्री काजी सरहको दर्जा दिइएको थियो

जोशीको नेपाली मुद्राको खोजमा पनि महत्वपूण योगदान रहेको उहाँ समेतको सक्रियतामा नेपालभाषा एकेडेमीको स्थापना भएको थियो हाल उहाँ त्यस एकेडेमीको चान्सलर हुनुहुन्छ उहाँ नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका पनि सदस्यसचिव हुनुहुन्थ्यो

नेपालीभाषाको ब्युत्पत्ति थलो कर्णालीको सिञ्जा उपात्यकामा जोशीकै नेतृत्वमा चूडामणि बन्धु, प्रदीप रिमाल, विहारीकृष्ण श्रेष्ठ स्थिरजङ्गबहादुर सिंहबाट नेपाली भाषाबारेको औपचारिक खोज भएको थियो साथै पाँच जनाकै लेखनमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट 'कर्णाली लोकसंस्कृती' नामक ग्रन्थ पाँच भागमा प्रकाशित भएको थियो सो वापत पाँचै जनालाई मदन पुरस्कार प्रदान गरिएको थियो

जोशी श्रेष्ठ सिरपा पुरस्कार, मदन पुरस्कार, त्रिभुवन प्रज्ञापुरस्कार, भानुभक्त पुरस्कार, भूपालमानसिंह कार्की पुरस्कार, नइ खरा सुकीर्ति पुरस्कार, भद्रा घले पुरस्कार डिल्लीरमण राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुहुन्छ साथै उहाँलाई काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिको उपाधि पनि प्रदान गरेको

जोशीकै संयोजकत्वमा २०६६ सालमा काठमाडौंमा प्रथम नेपालीभाषा साहित्य सम्मेलन सम्पन्न भएको थियो त्यस सम्मेलनमा १२ राष्ट्रका साहित्यकारले भाग लिएका थिए

जोशीका नेपाली नेवारभाषामा प्रबन्ध, नाटक, कविता, कथाआदि विधाका चार दर्जन कृति प्रकाशित भैसकेका छन् |

स्मरण रहोस् वहाँ सन् २००९ मा खसखस डट कमको पाहुना भै सक्नु भएको छ | वहासंगको त्यो कुराकानी यस लिंकमा सुन्न सकिन्छ: http://www.khasskhass.com/audio/uploadSMJoshi.mp3

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |