अमेरिका नेपाल साहित्य प्रतिष्ठानको स्थापना गरिने,(खसखस सम्वाददाता)
३१ डिसेम्वर, वाशिंटन डिसी,
अमेरिकामा नेपाली साहित्यकारहरुको उपस्थिति हालका दिनमा टड्कारो रुपमा देखिएको छ । साहित्यिक गतिविधिहरु पनि भइनै राखेका छन् । तर जे जति गतिविधि भैराखेका छन् त्यो असल कर्म हो । तर नेपाली साहित्य नेपाली साहित्यकार र नेपाली साहित्यप्रेमीहरुको वीचमामात्र सीमित रहेमा नेपाली साहित्यलाई विश्व वजारमा पुग्न सहज हुँदैन र हाल भैरहेका गतिविधि नेपाली जनसमुदायमा मात्र केन्द्रित देखिएकोले कम्तिमा नेपाली र अमेरिकन साहित्यकारवीच सम्वन्ध सम्पर्क गराउन, साहित्यिक गतिविधिमा एक आपसमा सम्मिलित हुन यौटा प्राज्ञिक निकायको स्पष्ट अभाव महशूस गरिएकोले अमेरिका नेपाल साहित्य प्रतिष्ठानको परिकल्पना गरिएको छ ।
हाल तदर्थ समितिको रुपमा काम कारवाही तथा गतिविधि सञ्चालन गर्दै जाने र यथाशक्य दर्ता प्रकृया पूरा गरी औपचारिक रुपमा गठन गरिने छ ।
प्रतिष्ठानवाट नियमित रुपले विविध साहित्यिक गतिविधि गर्दै जानुका साथै दीर्घकालिन प्राज्ञिक योजनाहरु पनि सञ्चालन गरिनेछ ।
तदर्थ समितिको संयोजकमा साहित्यकार गोविन्द गिरी प्रेरणा रहनु भएको छ भने अमेरिकाका विभिन्न राज्यका साहित्यिकारहरुलाई समेटी समितिलाई निकट भविष्यमा पूर्णता दिइनेछ ।