हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सन् २०१३ र कविता यात्रा,(उमेश ‘अकिञ्चन’)

सन् २०१३ मेरा निम्ति यात्रा वर्ष जस्तो हुन गएको सन् २०१३ को सुरुवातमा नैं मेरो सरुवा जिल्ला विकास समिति, ताप्लेजुङबाट जिल्ला विकास समिति, मोरङमा भयो कर्मचारीको जीवनमा सरुवा नियमित प्रक्रिया हो यो प्रक्रिया कर्मचारीले निवृत्तिभरण नपाएसम्म निरन्तर चलिरहन्छ यद्यपि, यो सन् २०१३ को शुरुवातमा नै भएकोले यस्लाई यात्राको उद्गम विन्दुको रुपमा लिएको छु त्यस पश्चात,  जापान सरकारको ४५ दिने तालिमकोलागि जुन देखि जुलाइ २० सम्म टोक्यो स्थित लोकल अटोनोमी कलेजमा प्रशिक्षार्थीको रुपमा संलग्न भएँ ११ देशका सहभागी मित्रहरुसँग उठ्बस, अन्तरक्रिया, आफ्ना देशका स्थानीय सरकार विधी, जापानका स्थानीय सरकारले अवलम्वन गरेका उदाहरणीय कार्यहरुसँग साक्षात्कार गरी धेरै ज्ञानगुनका खुराकहरु सिकेर जापानबाट फर्किएको दुई महिना नबित्दै पारिवारिक भ्रमणको सिलसिलामा हङकङ यात्रा गर्ने साइत जुर्यो

हङकङ सौन्दर्यको शहर, व्यापार प्रविधिको शहर आकाश छुने घरहरू, वतासको गतिमा दौडने रेल, सुविधा सम्पन्न यातायात, सुन फेशनको विश्व प्रसिद्ध शहर मैले करिव १० वर्ष अघि पहिलो पटक हङकङ टेकेको थिएँ सोही समय देखि, हङकङसँग मेरो भावनात्मक साइनो गाँसिएको कारण, सन् २००३ मा हङकङ भ्रमण गर्दा मेरी पत्निसँगको परिचयले नै जीवनयात्राको संयोग जुर्यायो जीवनका रङ्गहरू समय क्रमसँगै फेरिन्छन, पनि फेरिएको छु पूर्णकालीन विद्यार्थी जीवनबाट व्यस्त जागिरे जीवनमा प्रवेश गरेको छु जागिरे जीवन त्यसमाथि स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्था व्यस्तता पनि आफैमा अनौठो हुँदो रहेछ, असनको भिडभाडमा भेटिएका आफ्न्त जस्ता सम्झनाहरू आउँछन् हराउँछन् बाटामा फेर परेका मित्रजस्ता कविताहरू आउँछन् विलाउँछन् यद्यपि, साहित्यले दिएका सपनाहरू प्रिय छन् अझ बढि,  प्रेमी कवि भएर बटुलेका अनुभूतिहरू सम्झी रहुँ जस्ता लाग्छन्

हङकङ शहरको उज्यालो वत्तिको झिलिमिलि माझ मैले पनि मनको सौन्दर्य पाएँ मनको सौन्दर्य के भन्नु जीवनको सौन्दर्य भन्नु अझ उपयुक्त ठान्दछु पियानोमा बजेका मधुर धुन रिडमा बजेका  झंकारहरू, पाब्लो नेरुदाका प्रेमिल हरफझैं  "I love you still among these cold things. कुन प्रेमको परिभाषाले समाहित गर्न सक्छ, हाम्रा प्रेमका उँचाइहरू समुद्रको चञ्चल पानी नीलो आकाशको उँचाइ देखिने घाम, जुन, तारा आकाश उही भएतापनि दुई फरक भूगोल साँस्कृतिक परिवेशबाट मायाको ताजमहल उभ्याउनु त्यति सहज थिएन कविताको हरफले बाँधिएको जीवन, भौतिक उपभोगको मोडमा डगमगाउन पनि सक्थयो

जीवनका सपनामयी यात्राहरू अनवरत छन्, अनवरत चलिरहनेछन् कर्मचारी खड्ग राज राई स्रष्टा उमेश अकिञ्चनको भूमिकामा विभक्त भोगाइहरू कुन मसीले लेखुँ ? मसी जुनसुकै रङ्गको भएपनि, भोग्ने व्यक्ति एउटै हो दशैंतिहारको वीच विदालाई उपयोग गर्न, हङकङ टेकेको थिएँ नेपालमा तातिदो चुनावी माहौल, चुनावी समयमा जिल्ला छोड्न नहुने उर्दीलाई, येनकेन टारेर उत्रिएको थिएँ, हङकङ हङकङ अलिकति मेरो प्रेयसीको शहर, अलिकति इष्टमित्रको शहर यही सिलसिलामा भाइ आशीष साम्पाङको सक्रियता, फुपाजु राजकुमार राईद्वारा प्रकाशित साब्लाबुङपत्रिकाको आयोजनामा जिन्दगीको पहिलो एकल कविता वाचन कार्यक्रम आयोजना गरियो १४ दिने छोटो छुट्टी विताउन हङकङ टेक्दासम्म एकल कविता वाचनको कल्पनासम्म थिएन तर, प्रचार प्रसारको लालसा कम राख्ने मेरो स्वभाव विपरित सात समुद्रपारिको देशमा एकल कविता वाचनको प्रस्तावले पुलकित भएँ साहित्यमा आजकल गुणात्मक लेखनले भन्दा हल्ला गर्ने संस्कृतिले प्राथमिकता पाउदै आएको हामी कवि, लेखकपनि देशको हावा, पानी पर्यावरणीय यथार्थ भन्दा माथि उठ्न सकेका छैनौं हामी कलमको शक्ति भन्दा विज्ञापनले दिने लघु आनन्दलाई आफ्नो ठानिरहेछौं आफु पनि व्यक्तिगत कमजोरीबाट पुर्णरुपेण मुक्त छैन यद्यपि, विरानो मुलुकमा पाएको अवसरलाई सदुपयोग गर्नु नै उचित ठाने मैले

सन् २०१३ अक्टोवर २७ आइतबार, कङ्गन रेस्टुरेन्टमा आयोजित एकल वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भयो मलाई स्रोता महानुभावहरुको उपस्थिति ज्यादै न्यून होला कि भन्ने डर थियो प्रथम कारणः हङकङको व्यस्तता, दोस्रो कारणःखासै चिनजान नभएको विरानो ठाउँ, तेस्रो कारणः  छुट्टीको दिन परेकोले  धेरै कार्यक्रमहरुको आयोजना तर, आयोजक राजकुमार फुपाजु, भाइ आशीष साम्पाङ, दिदी माया राईको सक्रियता सामाजिक सम्बन्धका कारणले होला हङकङका प्रवुद्ध वर्ग, साहित्यकार, पत्रकार, सामाजिक अभियन्ता सम्पुर्णको बाक्लो उपस्थितिमा कविताहरु सुनाउन पाउँदा ज्यादै भावविभोर भएँ

अनन्त यात्रा हो जीवन, जो निरन्तर चलिरहन्छ कविताको यात्रामा हिडेको १५ वर्ष व्यतित भइसकेको कविता यात्राकै क्रममा नेपाली कविताको सर्वाधिक राशिको प्रतियोगितात्मक पुरस्कार प्रथम पटक जित्ने सौभाग्य मैले नै पाएँ आजभन्दा दुई वर्ष अघि अपरिचित ठाउँ  पाँचथर रविले साहित्यिक सम्मान पनि अर्पण गर्यो गत वर्ष, मेरो कविता बाराक ओवामा कण्ठस्थ सुनाउने युवा मित्र पनि अचानक यात्रामा भेटे यी यस्ता घटनाले मलाई जागिरे जीवनको व्यस्ततालाई पनि व्यवस्थापन गर्दै साहित्य विशेषतः कविता कोरी रहन उत्प्रेरित गर्दछ त्यसैले हङकङमा भएको मेरो पहिलो एकल कविता वाचन मेरो साहित्यिक यात्राको अर्को टर्निङ प्वाइन्ट हो भन्ने मलाई लाग्दछ

हङकङबाट फर्किएको करिव एक महिना पश्चात अफिसमा व्यस्त भएको बेला एउटा अपरिचित नम्बरबाट फोन आयो कार्यालयको कामले दिने तनाव सँगै सेवाग्राहीलाई दिनुपर्ने समय आफ्नो ठाउँमा थियो फोन उठाएं, गणेश रसिक दाइको रहेछ जब सिस्नुहरु टेक्दै हिडे, दश गजामा उभिएर जस्ता कालजयी कृतिका स्रष्टाले सम्झिएर फोन गर्नु मेरा लागि आशीर्वाद सम्झिएं कार्यालयमा नै भएपनि केही समय खुलेर कुराकानी गरें रसिक दाइसँग एकदुईवटा साहित्यिक कार्यक्रममा भेट भएपनि दाइको नजरमा परेको रहेछु मलाई थाहा थिएन भाइको फोन नं खोज्दा खोज्दा बल्ल आज पाएर फोन गरेकोस्पष्ट पार्नु भयो मैले हङकङमा भोजपुर सेवा समाजले आयोजना गरेको गणेश रसिक एकल साँझको चर्चा हङकङ पुग्दा पनि भएको प्रसंग उल्लेख गरे साहित्यको विविध विषयमा कुरा गर्दा हङकङमा हालै सम्पन्न मेरो एकल वाचनको चर्चा पनि भयो भाइको समय मिल्यो भने, इलाममा पनि एकल कविता वाचन कार्यक्रम राख्नु पर्छ गणेश रसिक दाइको मधुर वचन नै मेरो कविताको कमाइ सम्झेको छु

सवै ठाउँमा कविता वाचन गर्न सम्भव पनि छैन चाहनाले वा योजनाले भन्दा पनि संयोगले जीवनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने मेरो ठम्याइ मेरा कवि भाइ सिजन नयनको चाहना मेरो एकल वाचन धरानबाट शुरुवात गर्ने थियो, मेरो पनि त्यसमा समर्थन थियो तर, विविध कारणले धरानमा एकल वाचन गर्न सकिएन इलाममा पनि के हुन्छ, भविष्यले नै बताउनेछ तर, जीवनको पहिलो कविता वाचन, हङकङबाट भव्यताका साथ सुरुवात गर्न पाउँदा हर्षित छु आगामी दिनमा अझ गुणात्मक सिर्जनशील साहित्यिक रचना पस्किन सकुँ, मेरो अभिलाषा यति मात्र हङकङमा साब्लाबुङ प्रकाशनले प्रदान गरेको कदर पत्र मेरा शब्द आवाजमा समर्थन जनाउने साहित्यनुरागी महानुभावहरु प्रति यही नै सबैभन्दा ठुलो सम्मान हुने ठहर गरेको छु

Comments

Ganesh Khadka

 कर्मचारी खड्ग राज राई र स्रष्टा उमेश “अकिञ्चन” बारेमा अझ धेरै प्रष्ट हुने अवसर मिल्यो l मैले आँखै नझिक्याई पढीसिध्याएँ कविता जस्तै लयात्मक लाग्ने यो लघु आलेख l उमेश जी भाग्यमानी नेपाली कवि हुनुहुँदोरहेछ , कारण थुप्रै भेट्टाएँ पछी कुनै दिन भेट भएछ भने कवि सँगै बाँकी कुराहरु खोलूँला l अहिलेलाई यत्ति मिठो कवितात्मक सामग्रीका लागि कवि अकिन्चन र यो अवसरका लागि साहित्यकार बासु दाई प्रति हार्दिक नमन !

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |