हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

यम विरही मगरको ‘सामीप्य’ लोकार्पण ,(खसखस डट कम संवाददाता)

खेमराज गाउँले-रोल्पा, माघ १५
गजलकार यम विरही मगरको गजल सङ्ग्रह बुधबार एक कार्यक्रमकाबीच लिबाङमा लोकार्पण गरिएको छ । अठारौं स्रष्टा चौतारीमा गजल सङ्ग्रहको लोकार्पण प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य गौरीकिरण डाँगीले गरे । सङ्ग्रहको समीक्षा गोकर्ण पुनःले गरेका थिए । कृतिको समीक्षा गर्दै पुनले गजल सङ्ग्रहमा शृङ्गारिकता, मानवीयता, समसायिक राजनीतिप्रतिको निराशा व्यक्त भएको बताए । गजलकार विरहीको यो पहिलो गजलसङ्ग्रह हो ।

कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष डी.बी. टुहुरोलेपनि रोल्पाको साहित्यिक अवस्थाको बारेमा बोलेका थिए । ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम पन्छीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव केबी विरहीले गरेकी थिइन् ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा हरेक महिनाको १५ गते आयोजना हुने कार्यक्रम यसपालिको शृङ्खलाको संयोजन ललित साहित्य परिषद्ले गरेको हो । कार्यक्रममा सधैं झैं रचना वाचन पनि गरिएको थियो । कार्यक्रममा लोक आलोक, नवीन लोचनमगर, हरिसरा घर्तीमगर, देवी गुरुङ, मोतिराम आरसी, सुन्दर पुरुष अनुराग, लोकेन्द्र सेन, नारायण रेग्मी जिज्ञासु, अशोककुमार वली, यम विरही मगर, विनोद डाँगी, एन.डी. उदासी, बन्दना घर्तीमगर लगायतले आआफ्ना रचना वाचन गरेका थिए ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |