हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

'लजाएका परेलीहरु' को विमोचन कार्यक्रम सम्पन्न ,(खसखस डट कम सम्वाददाता)


फेब्रुअरी १, २०१४ आर्लिँगटन भर्जिनीया

कवि शरद निरोलाव्दारा लिखित कविता सँग्रह 'लजाएका परेलीहरु'को साहित्यिक वेबसाईट खसखस डट कमले आयोजना गरेको एक कार्यक्रममा नेपाली दूतावासका कार्यवाहक राजदूतबाट विमोचन गरियो ।

४२ वटा कविताहरु सँग्रहित सो कृतिका भूमिकाकार डा. ताना शर्मा हुन् भने प्रकाशक खसखस डट कम हो । सो कृतिको विमोचनको अवसरमा कार्यवाहक राजदूत श्री घिमिरेले लेखक तथा प्रकाशकलाई धन्यवाद दिँदै समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा कविको परिचय साहित्यकार बसन्त श्रेष्ठले दिएका थिए भने कृतिप्रतिको समीक्षा अर्का साहित्यकार गोविन्द गिरी प्रेरणा, त्रिविका सहप्राध्यापक तथा साहित्यकार हरि घिमिरे तथा पत्रकार गुणराज लुँईटेलले गरेका थिए । कवि शरद निरोलाले मन्तव्य राख्ने क्रममा आफ्नो कविता प्रवृत्ति र कविता लेख्ने प्रेरणाका श्रोतलाई धन्यवाद दिँदै अंग्रेजी लगायत कविताहरु वाचन गरेका थिए ।

कार्यक्रम आयोजक खसखस डट कमकातर्फबाट बासु श्रेष्ठले सँचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य मन्जु निरौलाले व्यक्त गरेकी थिईन् । यस अघि शरद निरोलालाई बासु श्रेष्ठले फूलको गुच्छा र खादा लगाएर मँचमा स्वागत गरेका थिए भने शरद निरोलालेपनि फूलको गुच्छा र खादा लगाएर प्रमुख अतिथि कार्यवाहक राजदूतको मँचमा स्वागत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सो कृति निशुल्क वितरण गरिनुकासाथै हल्का चमेनाको व्यवस्था गरिएको थियो । पूर्व घोषणा अनुरुप कार्यक्रम ठिक दुई बजे आरम्भ भएर ठिक चारबजे समापन गरिएको थियो ।

सन् २०१३ को पूर्वाद्धमा खसखस डट कमको प्रकाशन 'आँपको रुख' बजारमा आएको थियो भने उत्तरार्द्धमा यो कृति बजारमा आएको हो । नेपालमा यो कृति तिनकुनेस्थित शब्दहार क्रियसन्समा उपलब्ध रहेको छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |