हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अनुवादक गुहनाथ पौडेल,(खसखस डट कम)



२३ भाषामा अनुवाद गरिसकिएको अँग्रेजीमा लिखित 'द मँक एण्ड द फिलोसोफर' कृति फ्रान्सेली बाबु छोराका बिच धर्म र दर्शनबारे छलफल बारेको कृति हो । बाबु जाँ फ्राँ स्वाँ हवेल फ्रान्सका परिचित सम्पादक तथा दार्शनिक मानिन्छन् भने छोरा माथ्यु रिका भने सूक्ष्मजिव विज्ञानमा विद्यावारिधि गरेर नोबेल पुरस्कार विजेता फ्राँस्वाँ जाकोबसँग शोधपत्रकोलागी कार्यरत थिए । तर माथ्यु रिकाले यि सम्पूर्ण विद्या तथा पश्चिमी भौतिक सुखशयल उपलब्धिहरु छोडेर बौद्ध दर्शनको अनुयायी बनेर काठमाण्र्डौको बौद्धमा बसेर यस कार्यमा कार्यरत छन् । यिनै दुई विव्दान बाबु छोराका विच हात्तिबनमा धर्म, मानव, चेतना तथा पूर्वीय परम्परा र पश्चिमी परम्परा बारेमा भएको कुराकानीलाई फ्रान्सेली भाषामा पुस्तकको रुप दिई अँग्रेजीमा जोन क्याण्टिले अनुवाद गरे भने अँग्रेजीबाट नेपालीमा बाल साहित्यकार गुहनाथ पौडेलले अनुवाद गर्नुभएको छ । तिनै अनुवादक पौडेलसँग भिक्षु र दार्शनिक पुस्तकको बारेमा छलफल गर्न हामीले खसखस डट कमको स्टुडियोमा निम्त्याएका छौ ।


Comments

बासु श्रेष्ठ

रमेशजी,
अनुवादक तथा साहित्यकार गुहनाथ पौडेलको अन्तर्वार्ता बारेको टिप्पणीकोलागी धन्यवाद | यहाँको \'खसखस डट कमले अनुवादकहरुसँग अन्तवार्ता लिई रहोस्\' भन्ने सुझाव हामीले मनन गर्यौं | तर साहित्यिक सर्जक तथा कलाकारहरुसंग भने हामीले अन्तर्वार्ता लिएर विगत ७ वर्षदेखि पस्कँदै आएका छौँ | ति अन्तर्वार्ताहरु यसै स्तम्भमा सुन्न सकिन्छ | कृपया सुनेर प्रतिक्रिया दिनुहोला |

Ramesh Dahal

“एउटी राम्री आइमाई
आफ्नो  प्रेमीका लागि आनन्दको वस्तु हुन्छे
तपस्वीका लागि विध्न–बाधा र
ब्वाँसोका लागि स्वादिष्ट भोजन” ।
भिक्षु र दार्शनिक पुस्तक छापिएपछि सर्ररर पल्टाउदा १४१ पृष्ठमा रहेको उल्लिखित वाक्यहरुमा आँखा पुगे । त्यसपछि पढ्न सुरु गरेको यो पुस्तक मैले ४ दिनमा पढिसकेँ ।
सम्म फाँटमा सलल.. बगेको नदीजस्तो यस पुस्तक पढेपछि आफ्नो आनीबानीमा केही परिवर्तन भएको महसूस गरें । पुस्तक पढ्दा मैले अनुवादीत पुस्तक पढेको भन्ने कहीँ कतै भान भएन । यसका अनुवादक श्री गुहनाथ सर स्वयंले यो पुस्तक लेख्नुभएको हो कि ! भन्ने भान भयो ।
विश्वका तेइसौँ भाषामा अनुवाद भई प्रकाशन भइसकेको र सर्वाधिक बिक्री भएको यो अनुदित पुस्तक भिक्षु र दार्शनिकका बारेमा र यसका अनुवादक श्री गुहनाथ पौडेल सरसँग खसखस डट.कमले  लिएको अन्तर्वाताका लागि हार्दिक धन्यवाद  । अन्तर्वाता अत्यन्त रोचक लाग्यो । खसखस डटकमले विभिन्न साहित्यिक सर्जक, तथा अनुवादकहरुसँग यस्ता अन्तर्वार्ताहरु लिई प्रसारण गरिरहोस् ।      

Diwakar

Nice interview !

Prativa Paudel

Very nice and interesting interview... Enjoyed it a lot 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |