हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

२० औं कोठे कविता गोष्ठि सम्पन्न,(खसखस डट कम)


२० औं कोठे कविता गोष्ठि मार्च ९ कादिन गोष्ठिका सदस्य प्रेम संग्रौलाको निवासमा सम्पन्न भयो | सो गोष्ठिमा हाल अमेरिकी भ्रमणमा रहनु भएका वरिष्ठ नाट्यकार अशेष मल्ल, सावित्री मल्ल, नाट्यकर्मी तथा प्राज्ञ कृष्ण शाह 'यात्री', साहित्यकार हिरण्यकुमारी पाठक, कलाकार सरोज खनाल तथा सूर्यमाला शर्मा, वरिष्ठ पत्रकार तथा युग सम्वादका सम्पादक सोमनाथ सुवेदीकोपनि उल्लेखनीय उपस्थिति रहेको थियो |
 

सदा झैं पहिलो चरणको कविता वाचन र वाचन गरिएका ति कविताप्रति टिप्पणी गरिएको थियो | विशेष गरी सो टिप्पणीकोलागी नाट्यकार अशेष मल्ललाइ अनुरोध गरिएको थियो | 

कविता वाचन गर्नेहरुमा प्रेम संग्रौला, गोविन्द गिरि प्रेरणा, कृष्ण शाह 'यात्री' (अतिथि), कल्पना सुवेदी (अतिथि), हरीराज भट्टराई (अतिथि), हिरण्य कुमारी पाठक (अतिथि), सुदिप भद्र खनाल, गोपाल रेग्मी, रामप्रसाद खनाल, शरद निरोला, मंजु निरोला (अतिथि), बसन्त श्रेष्ठ, हरि घिमिरे, नारायण अधिकारी, प्रकाश नेपाल, रविन्द्र श्रेष्ठ, बासु श्रेष्ठ, तथा अशेष मल्ल (अतिथि) ले आआफ्ना कविता वाचन गरेका थिए | यसबिच कलाकार सरोज खनालले केहि महिनापछि सार्वजनिक हुन लागेको चलचित्रमा रहेको गीतको सानो अंश सुनाएका थिए | 

साथै, वरिष्ठ गायिका मीरा राणाले दुई गीत गाएकी थिइन भने खेम संग्रौलालेपनि नारायण गोपाल तथा भक्तराज आचार्यले गाएका गीतहरु प्रस्तुत गरेका थिए | 

यसै बिच अशेष मल्लद्वारा लिखित 'रक्तवीज' नामक कृति कलाकार सरोज खनालद्वारा विमोचनपनि गरिएको थियो |
समयाभावले दोश्रो चरणको नियमित कविता वाचन भने यस पटक हुन सकेन | 

कार्यक्रमको अन्तमा गोष्ठिको तर्फबाट हरि घिमिरे कविता मार्फत आयोजक प्रेम संग्रौला तथा उनका परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए |
कार्यक्रम शुरु हुनु अगाडी हलुका चमेना र कार्यक्रमपछि रात्रीभोजको व्यवस्था गरिएको थियो | 

२१ औं कोठे गोष्ठि कल्पना सुवेदीले आयोजना गर्ने घोषणा गरिएको छ |

थप फोटोहरु हेर्न यो लिंकमा जानुस: https://www.facebook.com/media/set/?set=a.10203624174035839.1073741837.1560838344&type=3

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |