हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

२३ औं कोठे गोष्ठी सम्पन्न,(खसखस सम्वाददाता)


जुलाई २६ का दिन कोठे कविता गोष्ठिको २३ औं शृंखला सदस्य रजनी श्रेष्ठको घरमा सम्पन्न भयो | प्रत्येक दुइ दुइ महिनामा हुने सो गोष्ठि सन् २०१० डिसेम्बरबाट शुरु भएको  हो भने रजनी श्रेष्ठको यो दोश्रो आयोजना हो |
सदाको झैं आयोजकबाटै शुरु भएको पहिलो चरणको कविता वाचनपछि प्रत्येक कविताहरुमा टिका टिप्पणी गरिएको थियो | यसै गरि दोश्रो चरणको कविता वाचन सोहि क्रममा गरिएपनि कविताबारे टिका टिप्पणी भने गरिएको थिएन |
यसरी कविता वाचन गर्नेहरुमा:

रजनी श्रेष्ठ
रविन्द्र श्रेष्ठ
प्रकाश नेपाल
शरद निरोला
बासु श्रेष्ठ
हरी घिमिरे
होमनाथ सुबेदी
नारायण अधिकारी
प्रेम संग्रौला
गोपाल रेग्मी
नीरा शर्मा
कल्पना सुबेदी
डा. शङ्कर कुमार श्रेष्ठ-अतिथि
पदम विश्वकर्मा -अतिथि
रामप्रसाद खनाल  थिए |

यसै शृंखलाको अवसरमा बासु श्रेष्ठको प्रस्तावमा रविन्द्र श्रेष्ठ तथा नीरा शर्मालाई सदस्यको रुपमा सर्वसहमतिले स्वागत गरियो | गोष्ठिको अन्त्यमा कवि हरी  घिमिरेले आयोजक रजनी श्रेष्ठ तथा उहाँका परिवारलाई गोष्ठि आयोजनाकोलागी कविता पाठ गर्दै धन्यवाद दिएका थिए |

कोठे गोष्ठिको आगामी आयोजक होमनाथ सुबेदी हुनुभएकोले उहाँको निवासमा सेप्टेम्बर २७ का दिन २४ औं शृंखला हुने छ |






Comments

Basu Shrestha

Dear Shankar dai,
It was our great pleasure to have you in our bimonthly gotshi. Thanks for being with us. I sure will convey your message to rest of our member friends.

Shanker Kumar Shrestha

Thanks a lot for your kindness to enlist my name as a guest. It was really a wonderful event for me and I enjoyed from the very core of my heart. I could see all of you very friendly and open to share feeling with and within oneness of Gosthi members. I shall surely keep this memory fresh and constant. Kindly, convey my warm regards to all members of Gosthi. Especially thanks go to Rabindra-Rajani Shrestha for their invitation and warm hospitality.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |