हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

केशु विरहीको नयाँ कृति 'सुलोचना' बजारमा,(खसखस डट कम संवाददाता)



युवा साहित्यकार केशु 'विरही' नौलो कृति 'सुलोचना' कथा सङ्ग्रह लिएर पाठक सामु आएका छन् | शव्दहार क्रिएशनस् प्रकाशक रहेको यस कथा सङ्ग्रहमा १५ कथाहरु समावेश छन् |
"स्रष्टासंगको निकटता वा उसको उपस्थिति भनेकै उसको सिर्जना नै हो नकि उस्को भौतिक उपस्थिति । हो म पनि यहाँहरू सामू यही कृति मार्फत उपस्थित भएको छु ।" भन्दै साहित्यकार विरही पाठकहरुबाट उचित सल्लाह पाउने आशा राख्दै कृतिमा रहेका कमजोरीहरुप्रती निर्धक्क औंल्याउन अनुरोध गरेका छन् |
केशुका यसभन्दा अघि प्रकाशित कृतिहरुमा कहाली लाग्दा गोरेटोहरु (उपन्यास)- सहलेखन; आमाको माया (उपन्यास), सुस्केरा (सामुहिक सङ्कलन); दन्किएको आगो (गजल सङ्ग्रह); भाष्कर वंशावली (वंशावली) प्रकाशित भइ सकेका छन् भने उनका अनुसार पुतली- बाल कथा सङ्ग्रह; भलाद्मी- लघुकथा सङ्ग्रह, तेर्हथुमे प्रतिनिधि गजलहरु, गजल: विम्ब र प्रतिविम्ब- गजल समालोचनाहरु प्रकाशोन्मुख छन् |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |