हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एन्मा-नासाकोमा साहित्यिक कार्यक्रम सम्पन्न,(खसखस सम्वाददाता)

कालोराडोमा हालै सम्पन्न दशौं आन्मा नासाको सम्मेलनका अवसरमा एन्मा, नासा एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा दुई दिने साहित्यिक कार्यक्रम भव्यरुपमा सम्पन्न भयो ।
पहिलो दिन अगष्ट ३०, २०१४ मा क्राउन प्लाजा होटल डनेभरमा आयोजित कार्यक्रमका अवसरमा राम्रो रचना मीठो नेपाली कार्यशाला आयोजना गरिएको थियो । कार्यक्रममा बरिष्ठ आख्यानकार कृष्ण धराबासीले नेपाली आख्यान लेखन, साहित्यकार शुशिल ताम्राकार, राधा पौडेल र राजु सिटौलाले फेसबुकमा कसरी नेपालीमा लेख्ने, राम्रा रचनाहरु कसरी लेख्न सकिन्छ भन्ने बारेमा प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा अनेसासको स्थापना, संगठन, सदस्यता र यसका गतिविधिहरुको सम्बन्धमा अनेसासका अध्यक्ष पदम विश्वकर्माले संक्षेपमा जानकारी दिनुभएको थियो । कार्यक्रमका अवसरमा एन्माका अध्यक्ष गोपेन्द्र भट्टराई, रक्की माउन्टेनका अध्यक्ष शरद आचार्य, बरिष्ठ निर्देशक तुलसी घिमिरे, अनेसासका पूर्व अध्यक्ष ज्ञानेन्द्र गदाल, अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष आचार्य प्रभालगायत उल्लेख्य रुपमा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको दास्रो दिन अगष्ट ३१, २०१४ का दिन आयोजित साहित्यिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो । अनेसास कोलोराडो च्याप्टरकी सचिव तारा अधिकारीले सञ्चालन गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथिमा बरिष्ठ आख्यानकार कृष्ण धराबासी हुनुहुन्थ्यो भने अतिथिहरुमा साहित्यकार विप्लव प्रतीक, सम्मेलनका संयोजक शरद आचार्य, साहित्यकार गोविन्द गिरी प्रेरणा हुनुहुन्थ्यो । यसै गरी कार्यक्रमको सभापतित्व अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले गर्नुभएको थियो ।
कार्यक्रममा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष आचार्य प्रभाले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो । कार्यक्रमको अवसरमा आयोजित प्रतियोगितामा बासुदेव खनाल प्रथम, देवनाथ भट्टराई द्वितिय र सिर्जना अर्याल नेपाल तृतीय पुरस्कृत हुनु भएको थियो । प्रथम पुरस्कृतलाई राधाकृष्ण साहित्य प्रतिष्ठानको तर्फबाट ३०० डलर र प्रशंसा पत्र प्रदान गरिएको थियो । यसैगरी द्वितिय र तृतीय पुरस्कृतलाई क्रमशः २०० र १०० डलर तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । कविता प्रतियोगितामा शुशिल ताम्राकार, राधा पौडेल र आचार्य प्रभा मूल्यांकन समितिमा रहनुभएको थियो । प्रतियोगितामा संझना आचार्य, मिना पौडेल, हरि उप्रेती, उत्तरा श्रेष्ठ, दामोदर लुइटेल, यशोदा भट्टले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो भने अप्रतियोगी रचना बाचन गर्नु हुनेहरुमा गोबिन्द गिरी प्रेरणा, विप्लव प्रतीक, भूपेन्द्र महत, केशव आचार्य, सुशील ताम्राकार, हरिप्रसाद लामिछाने, बालचन्द्र पौडेल, समिर आचार्य, हरिराज अधिकारी, राधा पौडेल, लोक तिवारी, एलिना शाक्य र उर्मिला पन्थी  हुनुहुन्थ्यो । यसै गरी प्रतियोगितामा सहभागी हुन आफ्नो रचना पठाउनुभएका तर कार्यक्रममा उपस्थित हुनु नभएका रचनाकारहरु मणि बाङ्देल र दिपा राई पुन:को कविताहरु अप्रतियोगी रचनाको रुपमा वाचन गरिएको थियो ।
कार्यक्रमको अवसरमा साहित्यकारहरु  कृष्ण धराबासी, विप्लव प्रतीक र गोविन्द गिरी प्रेरणालाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । अन्तमा संयोजक राजु सिटौलाले प्रायोजक, सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गरिरहनुभएका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले यसको समापन गर्नुभएको थियो  । कार्यक्रममा उल्लेखनीय संख्यामा सहभागीहरु उपस्थित भएका थिए । यस कार्यक्रम एन्मा-नासाको सम्मेलनमा आयोजित कार्यक्रमहरुमध्ये एक प्रमुख र सफल कार्यक्रम मानिएको थियो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |