हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

खुशीको खवर,(खसखस डट कम)

बडा दशैँ २०७१ को घटस्थापनाको दिन खसखस लगायत नेपाल बाहिर बस्ने सम्पूर्ण नेपाली साहित्यप्रेमीहरुलाई खुशीको खवर बनेको छ | गत वर्ष देखि प्रयासरत रहेको खसखस डट कमको यो धोको अब पुरा हुने भएको छ |

खसखस डट कम तथा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित हुने तीन आवधिक साहित्यिक पत्रिकाहरु 'समकालीन साहित्य' त्रैमासिक, शोधमूलक 'प्रज्ञा' अर्धवार्षिक तथा 'कविता' अब तपाईहरुले खसखस डट कम मार्फत सजिलै पढ्न सक्नु हुनेछ | हालै बसेको प्रज्ञा परिषदको बैठकले सो निर्णय गरेको हो |

उल्लेखित तीनै पत्रिकाहरु स्तरीय भएकोले विश्वभरका पाठकहरु पढ्नबाट वन्चित हुन नपरोस् भन्ने हेतुले खसखस डट कम मार्फत विश्वव्यापी बनाउने प्रस्ताव प्रतिष्ठानमा प्रस्तुत गरेको थियो |

अब प्रतिष्ठान र खसखस डट कमका बीच केहि औपचारिकताका हस्ताक्षर भएपछि पछिल्ला अंकहरुदेखि क्रमशः खसखस डट कममा निशुल्क उपलब्ध हुने छ |

नेपाली साहित्यलाई विश्वव्यापी र सर्व सुलभ बनाउने खसखस डट कमको यो अभियानप्रतिको सफलताप्रति हामी खुशी व्यक्त गर्दछौं र यस सहकार्यकोलागी प्रज्ञा प्रतिष्ठानप्रति आभार तथा धन्यवाद पनि व्यक्त गर्दछौं | हेक्का रहोस् विसं २०१८ देखि निरन्तर प्रकाशित हुँदै आएको साहित्यिक पत्रिका 'रचना' द्वैमासिकको १२४औ अङ्क (वैसाख जेठ २०७०) पनि प्रकाशित हुँदै आएको छ |

खसखस डट कमका सम्पूर्ण पाठक, श्रोता, लेखक तथा शुभ चिन्तकहरुमा बडा दशैं २०७१को शुभकामना सहित |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |