हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रा.डा. वासुदेव त्रिपाठी सम्मान कार्यक्रम,(खसखस डट कम सम्वाददाता)

प्रा. डा. वासुदेव त्रिपाठीलाई समालोचक शिरोमणी पदले सम्मान
अनेसास, अमेरिका नेपाल साहित्य प्रतिष्ठान, एएनए उत्तर अमेरिका साहित्य प्रतिष्ठानको मूल आयोजक तथा खसखस डट कम, बाना, अमेरिका नेपाल पासापुचको सहआयोजनामा वरिष्ठ समालोचक तथा वरिष्ठ साहित्यकार प्रा. डा. वासुदेव त्रिपाठीको सम्मानमा कार्यक्रम सम्पन्न भयो |
प्रमुख अतिथि कार्यवाहक राजदूत ऋषिराम घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व अमेरिका नेपाल प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले गरेका थिए | मूल समारोह समितिको तर्फबाट सम्मानपत्र प्रदान भएपछि अन्य सहआयोजक संस्थाहरुलेपनि खादा, फूलमालाहरु विशेष अतिथिलाइ प्रदान गरेका थिए |
त्यसैगरी नेपाली साहित्यिक वेबसाइट खसखस डट कमको तर्फबाट बासु श्रेष्ठलेपनि सम्मानपात्र अर्पण गर्दै डा. त्रिपाठीलाई 'समालोचक शिरोमणी'को पदवीबाट सम्मान प्रदान गरेका थिए |
यसअघि डा. त्रिपाठीको बारेमा उत्तर अमेरिका साहित्य प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठ, वरिष्ठ पत्रकार तथा युगसम्वाद साप्ताहिकका प्रधान सम्पादक सोमनाथ घिमिरे, सहप्राध्यापक तथा साहित्यकार हरी घिमिरे, साहित्यकार तथा समालोचक पुरुषोत्तम सुवेदी तथा उपन्यासकार कृष्ण धरावासीले प्रा.डा. वासुदेव त्रिपाठीका बारेमा प्रकाश पारेका थिए |
त्यसपछि डा. वासुदेव त्रिपाठीले आफ्ना मन्तव्य प्रकट गर्ने क्रममा यस्तो सम्मान कार्यक्रमले आफु ज्यादै हर्षित भएको, नेपाली भाषा अब भूमण्डलीकरण भएको भन्दै केहि संस्मरणहरु सुनाउनुहुँदै नेपाली भाषालाइ माया गर्न आग्रह गर्नु भयो र यस वापत देशले सदा सम्झी रहने छ भन्नु भयो |
स्वागत मन्तव्य कार्यक्रमका सभापति गोविन्द गिरी प्रेरणाबाट र धन्यवाद ज्ञापन अनेसासका होमनाथ सुवेदीबाट भएको यस कार्यक्रमका संचालक बासु श्रेष्ठ थिए |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |