‘कमरेड भाउजू’ सार्वजनिक,(खसखस डट कम समाचारदाता )
लन्डन, १५
जनवरी
लन्डन
निवासी कथाकार कृष्ण बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक गरिएको छ । कम्युनिष्ट
दर्शनका प्रवर्तक कार्ल मार्क्सको लन्डनमा अवस्थित समाधिस्थलबाट कथाकारले उक्त
पुस्तक सार्वजानिक गरेका हुन् ।
सङ्ग्रहका
कथाहरु विदेशी भूमिमा रहेका नेपालीहरुको वरिपरि घुमेका छन् । माओवादी जनयुद्धका
क्रममा विस्थापित भएका, विदेश पलायन नेता तथा कार्यकर्ताहरुका
कथा व्यथालाई मुख्य रुपमा उठाईएको छ ।
उक्त
सङ्ग्रमा केही यौन मनोवैज्ञानिक र यथार्थवादी कथा छन् । ति कथाले नेपाली डायस्पोरामा
देखिएको परिवार विघटन, विचलन जस्ता पेचिला समस्याका बारेमा
सचेत गराएको छ ।
तेह्रवटा
कथा रहेको उक्त सङ्ग्रहलाई शब्दार्थ प्रकाशन काठमाडौंले बजारमा ल्याएको हो । लामो
समयदेखि डायस्पोराबाट नेपाली साहित्यमा कलम चलाउँदै आएका बजगाईंको यो पाँचौं कृति
हो ।
यो
सङ्ग्रह काठमान्डौमा रत्न पुस्तक भण्डार, पैरवी प्रकाशन, पाठ्य सामग्री लगायत जिल्लाका प्रमुख पुस्तक पसलहरुमा उपलब्ध छ
|