हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विचार गोष्ठी सम्पन्न,(खसखस संवाददाता)


काठमाडौं, ०७१ फागुन २५ । १०५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) र संस्कृति विभागको संयुक्त आयोजनमा ‘सांस्कृतिक रूपान्तरणमा साहित्यको भूमिका’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
समारोहमा ‘नेपालका नारी साहित्यकारहरू (परिचय कोश)’को प्रारम्भिक प्रतिवेदन प्रमुख अतिथि साहित्यकार गीता केशरीले सार्वजनिक गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको सभाध्यक्षतामा सम्पन्न गोष्ठी पानसमा दीप प्रज्वलन गरी आराम्भ भएको थियो । प्रा.डा. ज्ञानू पाण्डेले गोष्ठीको औचित्यमाथि प्रकाश पार्दै स्वागत गर्नु भएको थियो ।
गोष्ठीमा प्रा.मोहनराज शर्माले प्रस्तुत गर्नुभएको ‘सांस्कृतिक रूपान्तरणमा साहित्यको भूमिका’ विषयक कार्यपत्रमाथि साहित्यकार सुधा त्रिपाठीले टिप्पणी गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानको परियोजना अन्तर्गत तयार गरिएको ‘नेपालका नारी साहित्यकारहरू (परिचय कोश)’को प्रारम्भिक प्रतिवेदनमाथि साहित्यकार गीता त्रिपाठीले समीक्षात्मक चर्चा गर्नुभयो । प्रतिवेदन तयारी कार्यमा डा. कुमार कोइराला र रत्नमणि नेपाल संलग्न रहनुभएको छ ।
कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति विष्णुविभु घिमिरे, साहित्यकार गीता केशरी र संस्कृतिविद डा. चुन्दा बज्राचार्यले अन्तराष्ट्रिय नारी दिवस सन्दर्भ र नेपाली साहित्यमा नारी स्रष्टाहरूको योगदानका बारेमा बोल्नु भएको थियो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |