२६ औं कोठे गोष्ठी सम्पन्न,(खसखस सम्वाददाता)
२६ औं कोठे गोष्ठी २५
औं गोष्ठीका आयोजक सदस्य रामप्रसाद खनालले नै यही मार्च ८ का दिन मनाससस्थित
वहाँको घरमा योजना गर्नु भयो |
त्यस गोष्ठीमा शरद निरोलाबाट पहिलो चरणको
कविता वाचन शुरु भएर क्रमशः प्रकाश नेपाल, नारायण अधिकारी, कल्पना सुबेदी, परशुराम तिमिल्सिना, मोहन बस्ताकोटी, बासु श्रेष्ठ, रजनी श्रेष्ठ, रामप्रसाद खनाल, कपिल सिटौला, रविन्द्र श्रेष्ठ तथा होमनाथ सुबेदीले कविता वाचन गरेका थिए र सदा झैं
वाचित कविताप्रति टिका टिप्पणीपनि गरिएको थियो |
लगत्तै दोश्रो चरणको
कविता वाचनपछि मीठो खानाकोपनि बन्दोबस्त थियो | कार्यक्रम शुरु हुनु
अगाडीपनि चमेनाको व्यवस्था गरिएको थियो |
तोकिएको क्यालेन्डर
अनुसार कुनै क्रम नटुटोस भन्ने सदाशयता राखी आयोजना गर्ने मित्र खनाल र वहाको
परिवारलाई कोठे गोष्ठी समुहको धन्यवाद |
सोहि कार्यक्रममा
पूर्व प्रकाशित क्यालेण्डर अनुसार गोष्ठीका सदस्य शरद निरोलाले २७औं गोष्ठी अप्रिल
२५ का दिन वहाँको मेरिल्याण्ड स्थित निवासमा दिउँसो १ बजेदेखि ५ बजेसम्म हुने
जानकारी गराउनु भयो |