हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

घर्तीमगर अभिनन्दित हुने, भूमरीले रचना वाचन गर्ने ,(समाचारदाता)

रोल्पा असार १२ ।

ललित साहित्य परिषद्, रोल्पाले साहित्यकार गायत्री घर्तीमगरलाई अभिनन्दन गर्ने भएको छ । परिषद्को आज शनिबार लिबाङमा सम्पन्न बैठकले यस वर्षको भानु जयन्तीको अवसरमा घर्तीमगरलाई अभिनन्दन गर्ने निर्णय गरेको हो । बैठकले अभिनन्दित हुने घर्तीमगरको व्यक्तित्वमाथि प्रकाश पार्ने जिम्मा साहित्यकार सीता शर्मालाई दिने निर्णय गरेको छ । विशेष गरी छन्द कविता लेखनमा सक्रिय घर्तीमगर परिषद्का संस्थापक सदस्य हुन् भने उनका जिन्दगी गजलसंग्रह र राप्तीका छाल कवितासंग्रह प्रकाशित छन् ।

 

असार २९ गते लिबाङमा भव्य रुपमा २०१ औं भानुजयन्तीको मनाउने निर्णय भएको परिषद्का अध्यक्ष ओम केसीले बताए । सो अवसरमा खुल्ला कविता प्रतियोगितासमेत आयोजना गरिएको केसीले जानकारी दिए ।

 

त्यस्तै परिषद्ले हरेक महिनाको अन्तिम शनिबार सञ्चालन गर्दै आएको एकल रचना वाचन कार्यक्रममा यस पटक प्यूठान निवासी साहित्यकार भावेश भुमरीको एकल रचना वाचन हुने भएको छ । यही असार २६ गते हुने कार्यक्रममा भूमरीको व्यक्तित्वमाथि प्रकाश पार्ने जिम्मा साहित्यकार रमेश सुवेदीलाई दिइएको छ ।

 

यस्तै मासिक रुपमा सञ्चालन हुँदै आएको स्रष्टा चौतारीको ३५ औं शृङ्खलाको संयोजन ललित साहित्य परिषद्ले गर्ने निर्णय भएको छ । यस पटकको शृङ्खला असार १५ गते परेकोले दहीचिउरा खाँदै रचना वाचन गरिने परिषद्का हासचिव नवीन लोचनमगरले जानकारी दिए ।

 

यस्तै परिषद्का कोषाध्यक्ष खबपु चञ्चल मगरले यही असार ४ गते बिहे गरेको परिषद्ले बधाई दिने निर्णय गरेको छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |