हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

‘मृत्युञ्जय जीवन’को समीक्षा,(कास)

समाचारदाता, १६ साउन ।
रोल्पा । कवि गंगामुक्ति पुनको खण्डकाव्य ‘मृत्युञ्जय जीवन’को शनिबार लिबाङमा समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाद्वारा आयोजित कृति समीक्षा कार्यक्रमको पाँचौ शृङ्खलामा पुनको खण्डकाव्यमाथि समीक्षा गरिएको हो ।
कृतिमाथि साहित्यकार डी.बी. टुहुरोले समीक्षा गरेका थिए । २०६३ सालमा प्रकाशित खण्डकाव्य गद्यलयमा लेखिएको टुहुरोले बताए । नेपालीहरुको विरता र सहिदहरुको सम्झनाले भरिएको खण्डकाव्य वीररसमा रहेको टुहुरोले बताए । कार्यक्रम कवि नवीन लोचनमगरले कवि गंगामुक्ति पुनको व्यक्तित्वमाथि चर्चा गरेका थिए । लामो समय जेल जीवन बस्दा त्यहीभित्र उनले सिर्जनाकर्म गरेको बताए ।
कार्यक्रममा बोल्दै गंगामुक्ति पुनले जेल जीवनबाट फर्किदा ल्याएका तीनवटा कृतिहरुमध्ये एउटामात्र प्रकाशित भएको र २ वटा कृतिको पाण्डुलिपि अझै पनि आफूसँग रहेको बताए । समय मिलाएर प्रकाशन गर्ने सोचमा रहेको समेत उनले बताए । थुप्रै फुटकर रचनाहरु प्रकाशन तथा प्रशारण भएको बताउँदै तिनीहरुलाई संरक्षण गर्न नसकेको समेत उनले बताए ।
जिल्ला शाखा उपाध्यक्ष मोहन सहयात्री परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव नारायण रेग्मी जिज्ञासुले गरेका थिए भने गोकर्ण पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |