हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भारतीय साहित्यकारको सम्मानमा कार्यक्रम,(खसखस डट कम समाचारदाता )

काठमाडौं, २०७२ साउन २९ । दुई जना भारतीय वरिष्ठ साहित्यकार केदारनाथ सिंह र अरुण माहेश्वरीको सम्मानमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज एक समारोहको आयोजना ग¥यो ।  

प्रज्ञा परिसरमा आयोजित कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले अतिथि साहित्यकार द्वयलाई स्वागत गर्दै यस्तो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको परम्परा रहेको बताउनु भयो । उहाँले ‘नेपाल प्रज्ञा–प्रतिष्ठान र भारतीय साहित्य एकेडेमी बीच सुमधुर सम्बन्ध स्थापित भएको बताउँदै प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूको परिचय दिनु भएको थियो ।

वरिष्ठ साहित्यकार केदारनाथ सिंह भारतीय साहित्यिक एकेडेमीसँग सम्बद्ध हुनुहुन्छ भने अरुण माहेश्वरी ४ हजार भन्दा बढी भारतीय साहित्यिक कृति प्रकाशित गरी सकेको वाणी प्रकाशनसँग सम्बद्ध हुनुहुन्छ ।

भारतीय साहित्यकारद्वय सिंह र माहेश्वरीले आफूलाई प्रज्ञा–प्रतिष्ठानले गरेको सम्मानप्रति कृतज्ञता प्रकट गर्नु भएको थियो । ‘नेपाल प्रज्ञा प्रतिष्ठान र भारतीय साहित्यिक एकेडेमी मिलेर साहित्यिक एवम् साँस्कृतिक आदानप्रदान गर्दै अनुवादका क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सकिन्छ’ सिंहले भन्नु भयो । उहाँले कविता आवाजमा भन्दा, सुन्दा र बुझ्दा तिन किसिमको अर्थ लाग्ने बताउँदै आफ्नो एउटा कविता सिर्जना वाचन गर्नु भएको थियो ।

अतिथि अरुण माहेश्वरीले महाकवि देवकोटाका कृति एवम् नेपाली भाषाका उत्कृष्ठ आख्यानात्मक कृतिहरू हिन्दीमा अनुवाद प्राप्त भए वाणी प्रकाशनले प्रकाशित गर्ने, तत्सम्बन्धमा एकेडेमीले योजना बनाओस् भनी सुझाव दिनु भएको थियो ।

कुलपति उप्रेतीले प्रज्ञा प्रतिष्ठानका तर्फबाट अतिथिद्वय केदारनाथ सिंह र अरुण माहेश्वरीलाई कलात्मक काष्ठ झ्याल एवम प्रज्ञाका प्रकाशनहरू उपहार प्रदान गर्नु भयो ।

कार्यक्रममा उपकुलपति डा.विष्णुविभु घिमिरे, प्राज्ञहरू श्री अमर गिरी, श्री श्रवण मुकारुङ, श्री मातृका पोखरेल, श्री नरनाथ लुइँटेल र अधिकृत सन्ध्या पहाडीले कविता वाचन गर्नु भएको थियो ।


नरनाथ लुइँटेल
नेपाल प्रज्ञा प्रतिष्ठान

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |