हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रज्ञा पुरस्कार वितरण ,(खसखस डट कम)



प्रज्ञा प्रतिष्ठानबाट प्रेषित समाचारका अनुसार २०६९-२०७० कोलागि नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा माधवप्रसाद पोखरेल र २०७१-२०७२ को नेपाल प्रज्ञा भाषा पुरस्कार  प्रा डा नोबल किशोर राईलाई प्रदान गरिने भएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानको ३०औँ प्राज्ञ सभाले उनीहरुलाई क्रमशः २०६९७० र २०७१७२ वर्षका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 

त्यसैगरी, नेपाल प्रज्ञा संस्कृति, दर्शन र सामाजिक शास्त्र पुरस्कार डा राजेन्द्रप्रसाद विमल (२०६९७०) र डा जगमान गुरुङ (२०७१७२) लाई प्रदान गरिने छ। दधिराज सुवेदी (२०७०), गीता केशरी (२०७१) र नरेशकुमार शाक्य (२०७२) नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारका लागि छनोट हुनुभएको छ । 

नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारअन्तर्गत हिमाल पहाडमा बोलिने मातृभाषा साहित्यका लागि येहाङ लावती (लिम्बू भाषा) २०७०, प्रतिसरा सायमी (नेपाल भाषा) २०७१ र गडुलमान राई (राई चाम्लिङ भाषा) २०७२ का लागि छनोट भएका छन्।

तराईमा बोलिने मातृभाषा साहित्यका लागि महेश चौधरी (थारु भाषा) २०७०, सच्चिदानन्द चौबे (अवधी भाषा) २०७१ र फुलसिंह राजवंशी (राजवंशी भाषा) २०७२ का लागि छनोट भएका छन्।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |