हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मदन पुरस्कार गुठीको प्रेस विज्ञप्ती,(खसखस सम्वाददाता)

मदन पुरस्कारका लागि पुस्तकहरुको "श्रेष्ठ सूची" सार्वजनिक गर्ने बारे मदन पुरस्कार गुठीको प्रेस विज्ञप्ती:

मिति २०७२ चैत्र १८ गते बसेको मदन पुरस्कार गुठीको ६६ औं साधारण सभाले आगामी २०७२ सालदेखि मदन पुरस्कारका लागि दर्ता हुने पुस्तकहरूबाट छनौट गरी १० (दश) ओटा पुस्तकको "श्रेष्ठ सूची" तयार गर्ने र ती पुस्तकहरूको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ। यसरी सार्वजनिक भएका श्रेष्ठ १० पुस्तकहरू मध्ये एक पुस्तकलाई गुठीको साधारणसभाले सर्वश्रेष्ठ ग्रन्थको निर्णय गरी मदन पुरस्कारको घोषणा गर्नेछ।

वैशाखको अन्त्य सम्ममा गुठीले मनोनयन समितिलाई आएको ग्रन्थहरूको लगत दिनेछ र मनोनयन समितिले तीमध्येबाट छनौट गरी "श्रेष्ठ" १० पुस्तकको नाम गुठीमा सिफारिस गर्नेछ।

   

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |