हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अपराजयले लिबाङमा सुनाए कविताहरू,(समाचारदाता)

रोल्पा, २७ चैत्र २०७२ ।

 कवि एवम् राजनीतिज्ञ वीरबहादुर केसी अपराजयले शनिबार रोल्पामा कविताहरू सुनाएका छन् । लिबाङस्थित वाचनालयमा ललित साहित्य परिषद्, रोल्पाले आयोजना गरेको एकल रचना वाचनको २३ औं श्रृंखलामा अपराजयले आफ्ना १४ वटा कविताहरु सुनाए ।

 

सशस्त्र द्वन्द्वको समयमा आफ्नी जीवन साथी गुमाएको अपराजयले कविता वाचनको सुरुवातमा पनि जीवनसाथीलाई सम्झदै कविता वाचन सुरु गरे, ‘सहिद पंक्तिमा कमरेड गंगाशीर्षकबाट । उनले पहिलो चरणमा ५ वटा कविता वाचन गरे भने दोस्रो चरणमा ९ वटा कविताहरु वाचन गरेका थिए । उनले बुच्चरको भाषाशैली प्रयोग गरे’, ‘भूकम्पको पीडा’, ‘तिमी मान या नमान’, ‘सोच्ने बेला आएन र’, ‘फर्केर हेर तिम्रा हर्कतहरु’, ‘मेरो यात्रा जारी रहनेछ’, ‘यही हो नेपाली जनताको अपेक्षा’, ‘मेरो वर्तमानलाई बिथोल्न नखोज’, ‘आफ्ना प्रतिबद्धता बिर्सेछ’, ‘चेलीको अस्मिता लुट्नेहरु’, ‘प्रतिक्रान्ति रोक्ने मान्छे’, ‘फूलपाती र अक्षताको पूजाजस्ता शीर्षकका कविताहरु सुनाएका थिए ।

 

कार्यक्रममा नवीन लोचनमगरले एकल रचना वाचक अपराजयको व्यक्तिमाथि बोलेका थिए । त्यस्तै कार्यक्रममा चाङ चिरागले वाचित कविताहरुको समीक्षा गरेका थिए । अपराजयका वाचित रचनाहरु वर्गीय प्रेम, सुन्दर चाहना, समाज परिवर्तनको भाव रहेको बताए । समग्र कार्यक्रमको समीक्षा कवि पुरण क्षेत्रीले गरेका थिए । २०६३ सालमा राता फूलहरुकवितासंग्रह प्रकाशन गरेको अपराजले अर्को कवितासंग्रहको तयारी भइरहेको बताए ।

 

परिषद्को अध्यक्ष ओम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव खेमराज गाउँलेले गरेका थिए । एकल रचना वाचन कार्यक्रमको रेडियो जलजलाबाट प्रत्यक्ष प्रसारण समेत गरिएको आयोजकले जनाएको छ ।

Comments

Gyan Bahadur Chhetri

Sahityama diaspora barema lekhakko uttaradhunik bimarshama parhera ramro lago.Sathi Jamadagni ra ma unhalai unhako gharma bhetna gayeka thiun. Diaspora sahitya bare ramro jankari ullekhit pustakma painchha. Hamro bhetma Bhattarai sirle diaspra ko visoilai spasta paridinubhayo. Hami Bharatiya Nepaliharu afulai dispora mandainau,tyes karan Bharatiya Nepali sahitya diaspora hoina. Yo kura sirle pani ramro tarikale bhannubhayo. Nepali sahityama post modernism barema pani Bhattarai sirka granthaharuma ramro prakash pariyeko chha.
Homjile khasskhass marfat yatro jankari dinubhayekoma dhanyavad bhanchhu. 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |