हालसालैका लेखहरु : शक्ति पूजा,(बासु श्रेष्ठ) आइदेउ नव वर्ष हर्ष बटुली नेपाल हाँस्ने गरी,(दुर्गा रिजाल) नयाँ वर्षको शुभकामना,(भरतमणि मरहट्टा ) गजल,(इन्जिनियर राकेश कार्की) ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम)

बजगाईंको 'कवच' सार्वजनिक,(खसखस संवाददाता )

लन्डन, १७ माघ, २०७३

बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह 'कवच' नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास 'श कर्नर'मा आफैले सार्वजनिक गरे ।

बेलायतको 'एयोट सेन्ट लरेन्स'मा अवस्थित निवासमा करिब पैतालिस वर्ष  बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा स्मारकहरुको संचालन र संवर्धन गर्ने बेलायतको  'नेशनल ट्रष्ट'ले म्युजियमको रुपमा संचालन ल्याएको छ ।
लामो समयदेखि युरोपमा बस्दै आएका बजगाईंको यस अघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशित भईसकेका छन् । विगत एघार वर्षदेखि उनले लोकप्रिय साहित्यिक अनलाईन समकालीन साहित्य डट कमको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् ।

विवेक सिर्जनशिल प्रकाशन, काठमाण्डौंले प्रकाशन गरेको 'कवच' लघुकथासङ्ग्रहमा डायोस्पोरिक जीवन, समसामयिक घटना, धर्म, राजनीति, प्रेम, यौन, शोषण, भ्रष्टाचार, बिसंगती आदि विषयवस्तुका तिख्खर लघुकथाहरु छन् ।


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |