हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

समाको 'अल्पविराम',(खसखस सम्वाददाता )


कवि समा श्रीको दोश्रो नयाँ कविता संग्रह
'अल्पविराम'को विमोचन कार्यक्रम सर्वनाम काठमाडौमा आज फागुन २८ गते सम्पन्न भएको छ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार चेतन कार्कीले समाका कविता पनि छ्न्द जत्तिकै सरस र ललित रहेको बताउदै, छ्न्द भनेको छन्दै हो भन्नुभयो। उनका कवितामा नारी अस्मिता, रति राग, गरीबी, राष्ट्रप्रेम जस्ता गम्भीर विषयमा कविताहरू केन्द्रित रहेको बताउनु भयो ।

कार्यक्रममा समा श्रीले अल्पविरामबाट खगोलमा मेरो अस्तित्व, मेरो प्रेम, बाका कांधहरू, म मृत सागरमा माछा मार्दैछु, मौनब्रत,किस्ने अर्थात् एक भोट कविताहरू वाचन गरिन् ।

डा. दीपक खड्काले उनको पहिलो कविता संग्रह वंशलोचनबाट सीता उवाच र आज चुनाव छ वाचन गर्नु भयो।

पाठकीय मन्तव्य साहित्यकार विपुल सिजापतिले दिएका थिए ।

अल्पविराम पुस्तकमाथि कवि नीभा शाह र कवि/पत्रकार फूलमान बलले गरेका थिए ।

एक घण्टा पैंतालिस मिनेटमा सकिएको कार्यक्रममा समय अभाव हुंदा नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपतिले मौन शुभकामना दिदै प्रमुख अतिथिलाई बोल्न आग्रह गर्नु भयो।

संझ्याका तर्फबाट कवि अभय श्रेष्ठले समा श्रीलाई मायाको चिनो प्रदान गरेका थिए ।

कवि राम गोपाल आशुतोषले कार्यक्रम सन्चालन गर्दै बिच बिचमा समा श्रीका लामा छोटा कविताहरु वाचनपनि गरेका थिए ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |