हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नमेटिने रेखामा उभिएर,(गीता त्रिपाठी)

विजयादशमी २०६५को कोजाग्रत पूर्णिमाको जूनसँगै पोखरामा भेट्यौँ हामीले दुर्गाबहादुर शाह' बाबा'जीलाई । तीन दिनको त्यस बसाइमा उहाँले हाम्रो पारिवारिक यात्रालाई अभिभावकत्व प्रदान गर्नुभयो । अफिसको अत्यन्त महत्वपूर्ण जिम्मेवारीलाई व्यवस्थित बनाएर हामीसँग फेवाको समतल बोटिङ्देखि सराङ्कोटको शिखरसम्म जताततै स्नीग्ध साथ समायोजन गर्नुभयो । ती र त्यसपछिका उहाँसँगका भेटघाटहरु वास्तवमै अविस्मरणीय रहे अर्थात् सम्झनामा बारबार दोहरि रहने यादगार पल बने ।यो सब उहाँको उच्च मानवीय स्वभावको सौन्दर्य हो ।

समयले कोरेका रेखाहरुमा
जीवनको डुङ्गा खियाउँदै
एकपटक फेरि
सम्झनाको पावरबोट चढिरहेछु
सम्झंदै छु
सराङ्कोटलाई देब्रे पारेर
पग्लिरहेथ्यो
 झिसमिसेको जून

सराङ्कोटलाई सामुन्ने राखेर
उक्लिरहेथ्यो आवेगको घाम
ती सबै सम्झनाहरु नागबेली परेका छन्
सायद सम्झ्यो होला फेवाको पानीले

खोज्यो होला हामीलाई एकसाथ
आजैको दिन
समयले फेरि एउटा रेखा कोरेर गयो
भर्खरै
त्यही रेखामा उभिएर
भेट्नु र छुट्नुको गीत
गुन्गुनाइरहेछौँ हामी
त्यही नमेटिने रेखामा उभिएर…………

वि.सं. २०६४ फागुनको पहिलो हप्ता दुर्गाजीसँग पहिलो परिचय साँटियो टेलिफोनमार्फत् । साहित्य सिर्जनाका पौरखी कुराकानीपछि दुर्गाजी विनम्रताका पर्याय लाग्यो । यसै संयोगले कोर् यो एउटा नमेटिने परिचयको रेखा र उही फागुनको दोस्रो हप्ता नै उहाँको दुई थान स्नेही उपहार पाएँ । ुसमयले कोरेका रेखाहरु पुस्तक र 'गौरव' गीति एल्बम ।
स्रष्टा हृदयको अक्षरशः व्यक्तित्व दुर्गाजीसँग काठमाडौँमा एक साँझ अप्रत्यासित भेट भयो सिद्धार्थ आर्ट ग्यालरीमा । पाकिस्तानी चित्रकार मोहम्मद अलीका नेपाली, संस्कृति र प्रकृतिका आकर्षक चित्रप्रदर्शनी हुँदै गरेको त्यस साँझ दुर्गाजीसँग सभौतिकी परिचय गराउनुभयो कवि प्रकाश सायमीले । गायक शैलेश िसंहसँग पनि दुर्गाजी संभवतः त्यही समय पहिलोपटक साक्षात्कार हुनुभयो चित्रकार उत्तम नेपाली र अन्य धेरै स्रष्टाहरुका माझ । करीब आधा घण्टाको छोटो सामीप्यपछि हामी आआफ्नै गन्तव्यतिर मोडियौँ मनमा दुर्गाजीको सादगीपूर्ण व्यक्तित्वको छाप भने सरल रेखामा स्पष्ट कोरिएको थियो ।

मैले गौरव एल्बम सुनेकी छु, समयले कोरेका रेखाहरु पढेकी छु । उहाँको गायकीलाई सिर्जनधर्मिताले समालेको छ उहाँ सामाजिक कर्तव्यबोधले लेखनमा निरन्तर लागिरहनुभएको छ । दुर्गाजी वास्तवमा जीवन पथका कुशल यात्री हुनुहुन्छ कर्मपि्रय मस्तिष्कलाई सधैँ सकारात्मक बाटोको खोजीमा लगाउनुहुन्छ । आदर विनय र हार्दिकताले बनेको एउटा पूर्ण मानिस उहाँको सबैभन्दा ठूलो परिचय हो भने सरलताभित्रको गहनता व्यवहारउपयोगी सिर्जना समसामयिक विसङ्गत अनुभूतिप्रति व्यङ्ग्य अनुशासित जीवन र कर्मयोगको सन्देश उहाँका लेखनका विशेषताहरु हुन् ।

सिर्जनाका फूलहरुले जीवनको बगैँचा भरिभराउ होस् भन्ने कामना राख्दै स्वतन्त्रताको अर्थपूर्ण उपयोगिता चाहने दुर्गाजी मुक्तिका नाममा प्राकृतिक सत्यलाई बहिष्कार नगर्न आग्रह गर्नुहुन्छ 'व्यक्तिगत स्वतन्त्रताको नाममा भूमिले बिउ पचायो र स्त्री जातिले गर्भ पचाइन् भने के होला यसर्थ स्वतन्त्रतालाई निरपेक्ष रुपमा ग्रहण नगरी सापेक्षिक रुपमा बुझ्नुपर्छ ।'
समयले कोरेका रेखाहरुमा विषय र विधागत विविधतालाई एकसाथ प्रस्तुत गरिएको छ । एउटै कृतिमा पाइने धेरै स्वादहरुले पुस्तकलाई बहुगुणकारी बनाएको छ । 'आफूले दुःख नपाउन केही गर्नु पर्दैन केवल अरुलाई दुःख नदिए मात्र पुग्छू भन्नेजस्ता जीवनदर्शनले उहाँका निबन्धहरु वर्तमानका सन्दर्भमा अनुग्राह्य बनेका छन् । एउटा व्यक्ति एउटा जीवनमा कति पाटामा विभक्त हुन्छ भन्ने यथार्थको प्रमाण पनि हो यो पुस्तक । साहित्य भनेको जीवन हो र जीवनसँग आबद्ध विषयहरु साहित्यसँग निकटस्थ राखेर प्रकाशन गर्न सकिन्छ भन्ने सोचले नै संभवतः यो कृति यसरी प्रकाशित भएको हुनुपर्छ । साहित्यिक विधाहरुमा निबन्ध नियात्रासहित गीत कविता कथासमेत यस सङ्ग्रहमा छन् भने साहित्यतर विषयमा इतिहास धर्म/दर्शन आर्थिक लेख अन्तर्वार्ता र अन्य लेख/विविध प्रस्तुत छन् । चारवटा लेखहरु अङ्ग्रेजी भाषामा समेत प्रकाशित छन् । समग्रमा समयले कोरेका रेखाहरुभित्रका विषयहरु दुर्गाजीका अनुभवका जीवन्त प्रष्फुटन हुन् ।

आगामी प्रकाशनमा आफ्ना सिर्जनालाई विधागत विशिष्टता प्रदान गर्नुहुनेछ र उहाँको लेखन थप विशेष बन्नेछ पाठकका लागि । यसको प्रमाण 'दुई हरफ'  कवितासङ्ग्रह हामी पाठकमाझ छिट्टै आउँदैछ । समयको रेखामा दुई हरफ अनगिन्ती हरफहरुको बीज बनोस् अनगिन्ती शुभकामना !

Comments

Bijay Pun

Gita jee, tyo kabita le sanchai tapaiko lekhan ko anibhavata athawa bhanu tapai le bhawana lai ek damai sahi sabda ra sequence ma rakhera jibanta banaunu bhayeko chha. Like it! Wish you all da best!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |