हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

'सोच',(कर्ण शाक्य)

कर्ण शाक्य व्दारा लिखित 'सोच' अब श्रव्य साधनमा पनि उपलब्ध छ I  यो 'श्रव्यमा सोच' लेखक कर्ण शाक्यको सौजन्यताबाट हाम्रा श्रोताहरुकोलागि उपहार स्वरूप प्राप्त भएको छ  I यस श्रव्यलाई आफ्नो कम्प्युटर मा डाउन लोड गरेपछि soch@khasskhass.com  मा इमेल गरेर लेखक शाक्यलाई धन्यवाद दिन नबिर्सनु होला   I

१) समर्पण
२) किन लेखें मैले यो किताप ?
३) सकरात्मक सोचको शक्ति
४) प्रजातन्त्रको प्यान्डोराबक्स
५) एकचोटी फर्केर हेरौं त !
६) वनवासतर्फ
७) घुमिफिरी फेरी रुम्जाटार
८) लौ न केहि गरूँ !
९) टुँडिखेलदेखि केशरमहलसम्म
१०) आशा र निराशाको पिँगमा
११) एक पैसाबाट क्यान्सर अस्पताल
१२) एउटा मान्छेको मायाले कति
१३) नेपाल खत्तम छैन
१४) सम्झनाका तरेलीहरु
१५) भ्रमण वर्षको थालनी
१६) जिन्दगीको नयाँ मोड
१७) अन्तमा तर...
१८) दिव्यदर्शन

Comments

Thupten Jungney (Nurbu Sherpa)

“जिवन\"
\"जिवन\" सागर, महासागर, खोलाको पानी, फुल, कोपिला केही होइन। यो परिभासा सरासर गलत हो। वास्तबमा जिवनत एउटा सुन्य हो।तँ-म,तेरो-मेरो, यी त \"म\" (सब्द) भित्रका स्वार्थी पन मात्र हुन। एवम आत्मा भनेको प्रज्वल ज्योती हो। यो कहीलै निभ्दैन। वास्तबमा धेरै मानिसहरु \"म\" र \"आत्मा\" एकै हो भन्ने भ्रममा रुमालिएका हुन्छन्। यी दुई एकै हुन भन्नु पनी गलत हो। \"आत्मा\" र \"म\" एकै हुनै सक्दैन। किनकी \"आत्मा\" पवित्र र चोखो हुन्छ, तर \"म\" भनेको पाप-धर्म, तेरो-मेरोमा रुमालिएर स्वार्थी बनेको हुन्छ। जिवन र यो संसारनै सुन्य छ। हामी हाम्रो आँखाले जे देखिरहेका छौ, वस्ताबमा यँहा त्यों छैन। जुन छैन त्यों हामी देखि रहेका छौ र जुन छ त्यों हामी देखि रहेका छैनौ। किनकी मानब जीवनको \"म\" भौतिक रूप संग जोडिएको एक वास्तु हो। जीवनको भौतिक रूप उता गए भित्तामा ठोकिन्छ र यता आएपनी भित्तैमा बजारिन्छ। तर अध्यात्मिकताको हाम्रो आत्मा कतै कसैमा ठोकीन्न। किनकी यहाँ महा-सुन्य छ। जिवन लगाएत संसारनै महासुन्य त हो, तर यसको प्रत्याभुत गर्ने सामर्थ्य हामीमा छैन। मानव जिवन एउटा महत्वपूर्ण र अमूल्य केन्द्र-विन्दु हो। भोली हामी कहा जाने भन्ने भित्री कुराको चावी हामीमै (मन) छ। पहिले के गरिएको रहेछ त र यो मानब जीवन प्राप्त गरियो भन्ने आतंरिक कुरा सोचनिए छ। पिलो जुनिमा यो जीवन प्राप्त गर्नको निम्ती हामीले ठुलो परिश्रम गरेका छौ। यो मनाब जीवन विचको बाटो भएकोले अर्को जन्मकोलागी सही किसिमको बाटो खुलाउने र पाप-धर्म बैंक बचत गर्ने जीवन पनी यही हो। अर्को जुनिमा कता जाने स्वार्ग वा नर्क ? भन्ने कुराको बिशेष हात यो मानब जीवनलाई भएकोले नै यो मानब जीवनलाई अमूल्य जीवन भनिएको हो। यो दु:ख़त भौतिक जीवनको अन्त्य मृत्यु हो।प्रत्यक अनुभुतिले जीवनभन्दा पर एक अन्य बार्ह्य रुपलाई दर्साउछ। जीवन सुन्यताको रूप यही तथ्यमा आधारित छ। सुन्यता जो, सबै संकल्प भन्दा पर छ। जीवन सुन्यता भनेको अध्यात्मिक अनुभुतिको अनन्त, अनादि अभिन्न अंग हो। वास्ताबिक सुन्यता भनेको अंतर्ज्ञानबाट जन्मिने वास्तु हो, तर्काको प्रक्रियाबाट होइन। अर्को जन्म भन्दा हामी भर्ममा पर्न सक्छौ। अर्को-अर्को जन्म हुन्छ तर रूप हैन अरूप, किनकी रुपको भौतिक जीवन त मृत्यु भैहाल्छ। अरुपको अध्यात्मिक बिउवाट नै अर्को जन्म हुन्छ। त्यो अरूप भनेर मैले आत्मालाइ भनेको हो। रूप जीवनको मृत्यु हुन्छ, तर अरूप प्रज्वल आत्माको भने मृत्यु हुन्न। धन्यवाद ! नुर्बु शेर्पा

अङ्गदमणि गौतम

आफ्ना जीवनका मार्मिक यथार्थ र कटु सत्यलाई उजागर गर्दै निहित स्वार्थबाट माथि उठ्न नसकेको हाम्रोजस्तो समाजमा सकारात्मक सोँचको विकास गराउने मनसायले लिखित बहुचर्चित पुस्तक सोँचलाई श्रव्यग्रन्थका रुपमा उपलब्ध गराउनुभएकोमा कर्ण शाक्यज्यूलाई हार्दिक आभार व्यक्त गर्दछु । अनि,त्यसलाई वेभसाइटमा राखेर विश्वव्यापीकरण गरी ग्रन्थलाई सहज प्राप्य बनाइदिएकोमा खसखस.कम परिवारलाई धन्यवाद दिँदै सोँच पढ्ने र सुन्ने सबैमा सकारात्मक सोँचको विकास होओस् भन्ने कामना समेत गर्दछु ।

shiva

कर्ण शाक्यज्यू, नमस्ते साथै हृदय देखी नै हार्दिक आभार ब्यक्त गर्दछु। हजुरले लेखेको \\\'सोच\\\' सुन्ने शुभ-अवसर पाउँदा आफूलाई औधी भाग्यशाली ब्यक्ति सम्झने मौका पाएँ। यति खुशी भएँ, शायद यो शब्दबाट ब्यक्त गर्न सक्ने मसँग क्षमता छैन। तर यो सुनेर हजुरलाई धन्यवाद नदिंदा अन्यया हुन्छ सम्झेर जानि नजानी हजुरलाई यी दुई शब्दको धन्यवाद भन्न चाहन्छु | स्वीकार्नु होला। साथै खसखस डट कमलाई पनि हार्दिक आभार ब्यक्त गर्दछु।

गीता थापा (दोषी

कर्ण शाक्यज्यू,
नमस्ते साथै हृदय देखी नै हार्दिक आभार ब्यक्त गर्दछु।
हजुरले लेखेको \'सोच\' सुन्ने शुभ-अवसर पाउँदा आफूलाई औधी भाग्यशाली ब्यक्ति सम्झने मौका पाएँ। यति खुशी भएँ, शायद यो शब्दबाट ब्यक्त गर्न सक्ने मसँग क्षमता छैन। तर यो सुनेर हजुरलाई धन्यवाद नदिंदा अन्यया हुन्छ सम्झेर जानि नजानी हजुरलाई यी दुई शब्दको धन्यवाद भन्न चाहन्छु | स्वीकार्नु होला। साथै खसखस डट कमलाई पनि हार्दिक आभार ब्यक्त गर्दछु।
गीता थापा (दोषी)
हाल: ईजरायल

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |