हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हिरोज अफ इन्क्लिनेसन,(हिमाल खरेल)


 
साहित्यमा भन्दा पनि कानुनमा यी परिचित छन् । लीला उदासी तर पनि अब्बल दर्जाको साहित्यकार हुन् । एकैसाथ यो झापा हो कवितासङ्ग्रह र मनका नायकहरु संस्मरणात्मक निबन्धसङ्ग्रह विमोचन गरेका छन् पछिल्लोपटक यिनले । मनका नायकहरुमा ती हिरोहरुको व्याख्या गरिएको छ जो उदासीका मनमा मात्र होइन आमनेपाली मनमा त्यै दर्जामा गाडिएकाहरुको 'बायोग्राफी' लेखिएको छ ।

उदासीले समेटेका २० पात्र उनकै समीपमा रहेकादेखि अमीट छाप छोड्नेहरुका बारेमा छ । पुस्तकमा तारा विविधले लेखेका छन् 'यथार्थमा यी २० रचनाहरु जो छन् तिनमा केवल निबन्धात्मक गुणहरु मात्र छैनन् बरु त्यसबाट अझ अगाडि बढेर यो जीवनी साहित्य बन्न पुगेको छ ।' पुस्तलाई लेखकले संस्मरणात्मक निबन्धसङ्गालो भनेका छन् । यसलाई जीवनी साहित्य पनि भनिएको छ । यो यस्तै हो । व्यक्तिमा पाइने विशेषतालाई विश्लेषण गरेर चरित्रचित्रण गरी पुस्तक तयार पारिएको हुँदा यो आफैँमा नेपाली साहित्यमा नवीन कृति बनेको छ । उदासीले राजनीतिक पृष्टभूमिका मनमोहन अधिकारी, द्रोणाचार्य क्षेत्री, सीके प्रसाईं, तुस्र हेमरमको योगदान चिन्तनको प्रशंसा खुलेर गरेका छन् । पुस्तकका नायकहरुको पूर्ण जीवनी प्रस्तुत गरेर उदासीले कहिल्यै तिर्न नसकिने ऋण बोकाएका छन् । यिनलाई नायकहरुप्रति चिन्ता भएर नै पुस्तक जन्मिएको हो । उदासीलाई २० नायकप्रति यस्तो फिकर छ एउटा दानवीरलाई अभावले नीलडाम बस्नेगरी डामेकाहरुप्रति हुन्छ । पुस्तकमा गरिएको व्याख्या यस्तै बोल्छ ।

पुस्तकको लेखाइ शैली एकदमै कलात्मक एवम् सुन्दर छ वर्णनात्मक शैली । पुस्तकमा रामनाथ दाहाल सूर्य कन्दङ्वा र देवकुमार आचार्यलाई जनतका नेताका रुपमा चित्रण गरिएको छ । जनवादी झिल्को यिनै नायकबाट सूत्रपात भएको व्याख्या पुस्तकमा गरिएको छ । त्यस्तै बल्लभमणि दाहाल रुद्र खरेल जीवन आचार्य नरेन्द्र चापागाईं गणेश भण्डारी एसएल शर्माको वर्णन साँच्चिकै जीवन्त छ । यिनीहरुको प्रतिभा उदाहरणीय र अनुकरणीय व्यक्तित्वको चर्चा उदासीले शब्दभण्डार नै रित्तिने गरी रहेका छन् ।

देवीप्रसाद उप्रेती घनश्याम खनाल पदमबहादुर गिरी बेचन हरिजनको सामाजिक योगदानको विशिष्ट व्याख्या गरिएको छ । हरिजनले मेची बहुमुखी क्याम्पस विज्ञान भवन बनाउन २५ रुपैयाँ चन्दा दिएर अन्य सम्पत्तिवालाहरुलाई चेतना दिएका छन् । यो कुराको चित्रण कलात्मक गरिएको छ । पैसा हुनेहरुका सम्मुखमा हरिजन अनुपम पात्र भएको उदासीको विश्लेषण छ ।

धेरथोर समय पत्रकारितामा पनि बिताएका उदासी आधुनिक नेपाली साहित्यको मार्जिनल किसिमका साहित्यिक साधक हुन् । कर्मवादी र उत्प्रेरणाका स्रोतहरुको छनोट गरेर पुस्तक तयार पार्ने ल्याकत राख्ने उदासीको गुणको प्रशंसा गरीसाध्य छैन । परिवारभित्रका तर देश र जनताका लागि चिन्ता राख्ने उदासीका बुबा साइँलाबा र विर्तामोडकी आमा ढकाल्नी आमैको जीवनी पनि साहित्यिक पाराले मज्जाले व्याख्या गरिएको छ । आफ्ना मनका नायकहरुको व्यथा र खुसीमा लेखक पनि अक्षरबाट त्यस्तै अनुभूति पोख्न खप्पिस देखिन्छन् पुस्तकमा ।

पात्रका पुराना घटनाहरुमा लेखक कहीँ विह्वल देखिन्छन् त कतै उत्साही छन् । उदासी आफैँ पनि शान्त शालीन लाग्छन् । पुस्तकमा सङ्कलित रचनाका किसिम र पुस्तकको विधा अनि नाम मिलेरै जुरेझैँ लाग्छ । गाताको स्केच लेखनीसित मेल खान्छ । 'कृतिको शीर्षक नजिकबाट जानेका चिनेका ठहराएका ठम्याएका व्यक्तित्वको स्वयम् लेखककै मनले अर्थात् हृदयले जुनस्थान एवम् दर्जा दियो त्यही मुताविक लेखकले यो शीर्षक दिनुभएको जस्तो लाग्छ । प्रायःजसो शीर्षकहरु बहुपदीय छन्' विविधले भनेका छन् । पुस्तकको भाषा सरल र सरस छ । यद्यपि व्याकरणीय दृष्टिले पुस्तक कमजोर महसुस हुन्छ । ह्रस्व-दीर्घ र शब्दको अनर्थ प्रयोगले भाषा-व्याकरणप्रति हेल्चेक्राइँ गरेको बुझ्न सकिन्छ । समग्रमा पुस्तक वजनदार छ । जीवनीप्रधान कृतिले समाजका अरु व्यक्तित्वबारे लेख्न अन्य सर्जकलाई पनि उत्साही बनाउने शक्ति बोकेको छ । अङ्ग्रेजीमा यदि मनका नायकहरु थियो त 'हिरोज अफ इन्क्लिनेसन' हुन्थ्यो र चर्चा अझ बढी हुने थियो । किनकि भाषिक दृष्टिकोणले अङ्ग्रेजी नेपाली भन्दा बढी अध्ययन गरिने भाषा हो । आशा गरौँ पुस्तक रुचाइएर 'हिरोज अफ इन्क्लिनेसन' पनि पाठकहरुले चाँडै पढ्न पाउनेछन् । र ब्रह्माण्डभरि यसको चर्चा हुनेछ । सलाम उदासी । अनि मनका नायकहरु ।

 

Comments

bipin bhurtel

how he forgot about shiva prashad dahal(dahal sir of sanishchare?).i was just wondering,i don't think we forget dahal sir when we write something about jhapa and  sahitya.May be iam not that educated about the the subject but just little curious.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |