हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अधूरो नयाँ वर्ष,(पुष्प राज गिरी)

सन् २००९ डिसेम्बर ३१; बिहानै देखि हिउँ झरिरहेको थियो असाधारण रुपमा | म घरमा यतिकै बसिरहेको थिएँ | एकजना चिनजानकि वहिनीले फोन गरि भन्नु भयो दाई ! NEW YEAR मनाउन मेरो दुइ जना साथीहरु IOWA बाट आएका छन्, दिउँसो हजुरको के programm छ? कतै Manhattan घुम्न जान पाए हुन्थ्यो | सिधै कसरी नकारुँ? मनले मान्दै मानेन ; एकछिन सोचमग्न भएपछि 'ल १५ मिनेट दिनुस म तैयारी भएर निस्कन्छु' भनेँ | दिनभरी घुमेपछि उहाँहर संग छुट्टिएर सिधै उही आफ्नो कोठामा पुगें | जहाँ लाग्यो आज दिनभरि मेरो laptop, scanner, printing machine भितामा झुण्डीएका फोटाहरु र अन्य समानहरु मेरो अनुपस्थितिमा बेचैन रुपमा वसिरहेका छन् |

घरमा अर्कै माहोल सिर्जना भै सकेको थियो | रुममेटले sparkling wine, beer, whiskey का बोतलहरुको जगेडा गरिसकेका थिए | अनि कराहीमा साल्मन माछाका टुक्राहरुलाई चुबेल्दै झिक्दै थिए | म आफ्नै कोठामा के गरूँ के गरूँ भै रहेको थिएँ |

Laptop on गरेर हेरें आफ्नै देशका समाचारहरु | अनि देशलाई जातिय रुपमा भागवन्डा गर्दै गरेका समाचारहरु एक एक गरि देखायो ल्यापटपको पर्दाले | सबैतिर हेर्दै गएँ, अनि अहिलेसम्म मेरो जातको नामवाट कुनै राज्य खडा भै सकेको रहेनछ | बेचैन भएँ एक छिन | अब म फर्कें भने कुन स्वायत्त राज्यमा मेरो टाउको घुसाउन मिल्छ ?  खासै कुनै राज्यवाट मेरो कुनै जातिय सँरक्षण चै होला जस्तो लागेन | अनि बुद्धले भनेको सम्झेँ :- There is no distinctions in the sky; people created out of their own mind; east and west; and they started believing sun and moon obey this.

गहिरिएर सोच्ने प्रयास गर्दा गर्दै मलाई आफ्नै प्यारो देशको याद आयो | विश्व मानचित्रमा चामलको दानो जस्तो देखिने मेरो देश कतै टुक्रिएर कनिका त बन्दै छैन....? फेरी सानो हुँदा पढेको याद आयो ...दुइ ढुंगा विचको तरुल ....त्यो ठुला दुखले आर्ज्येको मुलुक .....

मेरो टाउको चरक्क चर्केर फुट्ला जस्तै भयो | अनि यो सानो दिमागले साँघुरो घेरा भित्र सोच्यो..अनि एउटै कुरा मात्रै बुझे जस्तो लग्यो आफुले '' भाई फुटे गँवार लुटे ''|
खै यो दिमाग; सोच्नै सकेन | लाग्यो बाबै ! नराम्रै लक्षण आइरहेको छ | अनि यस्तो एक व्यक्ति जसले राष्ट्रलाई एक शुत्रमा बाँध्न सकोस, जसले देशलाई कोतमा होम्न होइन, प्रेम र स्नेहको मालामा उन्न सकोस्, आफ्नो होइन राष्ट्र, राष्ट्रियता र जनताको लागि मरिमेट्ने होस् को खाँचो भएको र यस्तै व्यक्तिको कामना गरें र सोची रहेँ | सोचें .... धेरै सोचें.....|
सोचाईको गहिराईमा डुबीरहेकै बेला मेरो रुममेटले Dinning Room मा बोलाए | गएर बसें त्यहि पुरानो सोफामा अडेस लगाएर ..| टि.भी. ले दृश्यहरु दृषित गरिरहेको थियो- Time squares, Manhattan, New York मा New Years बल खसाउने तैयारीको | एकैछिनमा मेरो घरमापनि Sparkling wine तोडियो Beer का ग्लासहरु toast भए अनि रातिको १२ पनि बज्नासाथ सेल फोनमा टि. टि. गर्दै Happy New Year का संदेशहरु आउन थाले एकपछी अर्को गर्दै | भित्तामा त्यै चामले आकारको देश, त्यै दुइ ढुंगा विचको तरुल, त्यै ठुला दुखले आर्ज्याको मुलुकको निसानी थियो....... भित्ते पात्रो ...| जहाँ अझै ६ महिना वाकीं थियो मेरो नयाँ साल २०६७ आउन | अनि एकैसाथ सबैलाई चिच्याएर भन्न मन लाग्यो :- YOU WILL HAVE A HALF HAPPY NEW YEAR..........

01/05/2010  

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |