हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आगोसंग पो खेल्न पुगेछु

नर बहादुर दाहाल , (दार्जिलिंग)


कसरी म यहाँ

जल्न पुगेछु ,

आगोसंग पो खेल्न पुगेछु ।

छन हात भरि

जिलजिले फोका

हृदय भरि छन

विदग्ध ज्वाला


अनुहारमा लाग्छ कि

कालिमा र मोसो

छन आँखाभरि

धुँवा र खरानी ।


अन्धकार छ कि

भयो बिहानी ?

आँसु पनि पो

अब बग्न लागे ।

लपलपाउँदो मुस्लोले

मलाई निल्न लागे ।

 

कहिले पहाड़को

चुचुरा म चढ़न लागेँ ।

कहिले खोलाकै गड़तिर

गड़तिरै हिँड़न लागें ।

 

जता जान्छु उतै सुसेल्दै

राँकेभूत यी बाटो छेक्न लागे ।

पीड़ाको मुस्लो लिएर

किन ममाथि बर्षाउन लागे ?

 

आगोसंग पो खेल्न पुगेछु ।

कसरी यहाँ जल्न पुगेछु ।

Comments

D.R THAPA

HAMIHARU SANCHAIN NAI AAGO SANGHA PO KHELI RAHENKA CHAU

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |