दोहामा ओला ,(खसखस डट सम्वाददाता)
नेपालको
साहित्य, कला तथा
सँस्कृतिको फाँटमा चर्चित व्यक्तिहरुसँग आफ्नो खसखस राख्ने क्रममा यस पटक हामीले
निम्त्याएका छौँ साहित्यकार नीलम कार्की निहारिका । २०७४ को मदन पुरस्कार विजेता
योगमाया उपन्यासको लेखिका नीलम निहारिकाको
जन्म पाल्पाको गोठादीमा २०३१।१२।२७ का दिन भएको हो । कविताबाट साहित्यिक यात्रा
थाल्नु भएकी नीलमबाट हालसम्म बेली, हवन तथा कागजमा दस्तखत तीन कथा सँग्रह, नीलम कार्की निहारिकाका कविता नामक
कविता सँग्रह तथा उपन्यासमा मौन जीवन, नियतीको खेल, अर्की आईमाई, चीर हरण तथा योगमाया नामक उपन्यास प्रकाशित भई सकेको छ
। नीलम सन् २००७ देखि अमेरिकामा बस्दै आउनु भएको छ । यसर्थ विदेशमा बसेर लेखिएको
कृतिले मदन पुरस्कार पाएको यो पहिलो पटक हो भन्दा अत्यूक्ति नहोला । स्मरण रहोस्, दुई वर्ष २०७२ को पद्मश्री पुरस्कारबाट
चीरहरण उपन्यास पनि पुरस्कृत भई सकेको छ ।
हालै मदन
पुरस्कारबाट पुरस्कृत योगमायाका तिनै लेखिका नीलमसँगको कुराकानीमा तपाई सबैलाई
स्वागत छ ।