गजल
ऋषि बस्ताकोटी, (क्यालगरी, क्यानाडा)
सेतो कागज भन्थ्यौ तिमी, चरित्रमा दाग लाग्यो,
साथी संगी जस्ता थिए, उस्तै तिम्रो भाग लाग्यो ।
“साधुहरु“ जमात आए, तर “ऋषि” भेटिएनन्,
फुल चोर्ने कोइली थियो, हेर्दा ठ्याक्कै काग लाग्यो ।
दुध ख्वाएर पाले पनि, सर्पले त डस्छ भोलि,
चिनेनौ कि त्यही सर्प, तिमीलाई नाग लाग्यो ।
“शहरबाट जाडो भाग्यो“, फर्जी कुरा पत्याएछौं,
आउ मिली आगो फुकौं, फेरि अर्को माघ लाग्यो ।
Comments
Manoj birali
Gajalma banki 6.thanks.