हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वरिष्ठ साहित्यिक पत्रकार शिव रेग्मी ,(रमण घिमिरे)




नेपाली भाषासाहित्यमा शिव रेग्मी कुनै नौलो नाम होइन । उमेरका ७५औँ वर्षका खुट्किलाहरू उक्लिरहेका रेग्मीलाई नेपाली साहित्यको जीवित इतिहास भने पनि हुन्छ । उहाँलाई आज पनि कुनै साहित्यकार या साहित्यिक घटनाहरूको तिथिमिति कण्ठ छ । २०१७ सालमा कविता लेखेर सिर्जनाको ढोका खोल्नु हुने रेग्मीका मौलिक तीन र सम्पादित करिब तीन दर्जन कृतिहरू प्रकाशित छन् । वि.सं.२०७१ सालको जगदम्बाश्रीबाट पुरस्कृत रेग्मीले भीमनिधि तिवारी पुरस्कार, गोमा पुरस्कार, अस्वीकृत पुरस्कार, पत्रकारिता पुरस्कारलगायत झन्डै एक दर्जन पुरस्कार तथा सम्मानहरू प्राप्त गरिसक्नुभएको छ । हाल, पौढता र यस सँगसँगै पछ्याइरहने केही रोगका कारण अलि शिथिल देखिए पनि रेग्मी नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा लागि नै रहनुभएको छ । उनै श्री रेग्मीसँग साहित्यकार तथा पत्रकार रमण घिमिरेले गरेको रोचक वार्तालाप प्रस्तुत छ ।



Comments

Alaka Atreya

sunna atur chu 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |